
कोकराझार (असम), 23 अगस्त (हि.स.)। धुबड़ीदेखि सिलगढ़ी गइरहेको ट्रेन सङ्ख्या- 75742 डाउन धुबड़ी-सिलगढ़ी डीईएमयूका लोको पायलट (एलपी) अरुणाभ मित्र एवं सहायक लोको पायलट (एएलपी) तापस कुमार कार्जीले समयमै रेलवे ट्र्याकमा हात्तीहरुको बथानलाई देखेर ट्रेनलाई नियन्त्रण गरे।
जानकारी अनुसार बितेको राति नागराकाटा-चालसा रेलखण्डको किलोमीटर 68/1 निकट लोको पायलट र सहायक लोको पायलटले रेलवे ट्र्याकमा हात्तीहरूलाई हिँड़िरहेको देखे। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै दुवैले तत्काल सतर्कता अप्नाउँदै ट्रेनको गतिलाई नियन्त्रण गरे अनि हात्तीहरूलाई सुरक्षित रूपमा ट्र्याकदेखि टाड़ा जाने अवसर दिए।
लोको पायलट एवं सहायक लोको पायलटले समयमै गरेको कारबाही एवं सतर्कताबाट हात्तीहरूको सुरक्षा सुनिश्चित भयो भनेे सम्भावित दुर्घटना पनि टऱ्यो। घटनाले वन्यजीव संरक्षण तथा हात्ती-रेल भिड़न्तलाई रोक्नका लागि रेलवे कर्मचारीहरूको सजगतालाई पनि दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा