फरिदाबादः मेडिकलको पढ़ाई कठिन लागेकै कारणले एघारौं श्रेणीकी छात्रले गरी आत्महत्या
फरिदाबादः मेडिकलको पढ़ाई कठिन लागेकै कारणले एघारौं श्रेणीकी छात्रले गरी आत्महत्या


फरिदाबाद, 23 अगस्त (हि.स.)। फरिदाबादमा 11औं कक्षाको विद्यार्थीले फाँसी लगाएर आत्महत्या गऱ्यो। छात्र गत 20 अगस्तको बिहान स्कूल ड्रेसमा ब्याग लिएर घरबाट हिँड़ेको थियो, तर स्कूलमा पुगेन। साँझसम्म घरमा नआएको कारणले परिवारले स्कूल तथा साथीहरूसित सोधखोज गऱ्यो। दुई दिनसम्म छोराको बारेमा कुनै सुइँको समेत परिवारले पाएन। खोज्दै जाँदा शनिवार घर पछाड़ि रहेको कोठाको ढोका खोलेर हेरियो जहाँ अल्फाज गलफन्दामा झुण्डिरहेको थियो।

परिवार अनुसार मेडिकल साइन्सको पढ़ाई कठिन लागेको कारणले उ तनाउमा थियो। तथापि पुलिसले मृत्यु पछाड़िको वास्तविक कारण पत्तो लगाउन जाँच गरिरेहको छ। पुलिसको भनाई छ, परिवारका सदस्यहरू लगायत स्कूलका साथीहरूसित पनि जाँचबुझ गरिनेछ। मृतकको पहिचान धौज थाना क्षेत्रस्थित खोरी जमालपुर गाउ निवासी अल्फाज (16)-को रूपमा भएको छ जो एक निजी स्कूलमा पढ़्थ्यो। अल्फाज परिवारमा सबैभन्दा कान्छो छोरा थियो। परिवार चाहन्थ्यो कि उसले आर्ट्स वा कमर्स नपढ़ेर मेडिकल साइन्स पढ़ोस्। परिवारले उसको रूचि अनुसार एघारौंमा यसै विषयमा प्रवेश गराए। केही समयपछि उसलाई मेडिकल साइन्सको पढ़ाई कठिन लाग्नथाल्यो।

पिता हिदायत खान मुताविक अल्फाजले कैयौं पटक पढ़ाई छोड़्ने कुरा पनि गरिसकेको थियो। स्कूल पनि कहिले जान्थ्यो, कहिले जाँदैनथ्यो। परिवारले उसलाई कक्षा एघारौंमा उतीर्ण गरेपछि बाह्रौमा पुगेर विषय परिवर्तन गर्ने बारे सोच्नुपर्छ भने सम्झाउने गर्थ्यो। परिवार अनुसार अल्फाज 21 अगस्तको राति नै कुनै समय घरमा आयो होला, तर उनीहरूलाई यस बारेमा थाहा भएन। 22 अगस्तमा परिवारको एकजना सदस्य घर पछाड़िको कोठामा सामान लिन जाँदा कोठाको ढोका भित्रबाटै बन्द पायो। बोलाउँदा पनि कुनै जवाफ आएन, त्यसपछि परिवारले ढोका भत्काउँदा भित्र अल्फाज आफ्नो स्कूलको शर्टले गलफन्दा बनाएर झुण्डिरहेको थियो। उसको मृत्यु भइसकेको थियो। सूचना पाएर धौज थाना पुलिस घटनास्थलमा पुग्यो। थाना प्रभारी अनिल कुमार मुताविक शवलाईकब्जामा लिएर पोस्टमर्टम गर्नको लागि ईएसआई मेडिकल कलेज एवं अस्पतालको मोर्चरीमा पठाइएको छ। पोस्टमर्टम गरेपछि शव परिवारलाई सुम्पिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande