
- नोकरी दिलाउने प्रलोभन दिएर गुजरात लगिरहेको आशङ्का
कोकराझार (असम), 23 अगस्त (हि.स.)। मानव तस्करी, नशालु औषधिहरूको तस्करी एवं अन्य असामाजिक गतिविधिहरूविरूद्ध सञ्चालित खोजी एवं जाँच अभियानमा कोकराझार रेलवे स्टेशनबाट सुरक्षा बलहरूले पाँच जना नाबालिकहरूलाई उद्धार गरे। यसमा तीन जना नाबालिक र दुई जना नाबालिका रहेका छन्। यो अभियान एसएसबीको 6औं बटालियन, रानीघुली (इन्टेलिजेन्स सेटअप)- द्वारा आरपीएफ कोकराझारको पर्यवेक्षणमा आरपीएफ/एसआईबी, अलिपुरद्वारका कर्मीहरूको सहयोगमा सञ्चालन गरिएको हो।
आरपीएफ सूत्रले आज बताएको छ, गए 22 अगस्तको अपरान्ह 3 बजे कोकराझार रेलवे स्टेशनमा खोजी अभियान सञ्चालन गरिएको थियो। यस अवधि साँझको समयमा प्लेटफर्म नम्-1 मा तीन जना नाबालिक र दुई जना नाबालिकाहरूलाई संदिग्ध अवस्थामा घुमिरहेको देखियो। त्यसपछि उनीहरूलाई जाँचबुझ गर्दा उनीहरूले आफ्नो रेलको टिकट देखाउन असमर्थ भए, न त आफ्नो यात्रालाई लिएर सन्तोषजनक जवाफ नै दिन सके।
सौहार्दपूर्ण ढङ्गमा जाँचबुझ गर्दा यी नाबालिकहरूले बताए, उनीहरू आफ्नो अभिभावकलाई नभनी घरबाट निक्लेका थिए। कथित रूपमा एकजना अज्ञात व्यक्तिले उनीहरूलाई निजी नोकरी दिलाउने प्रलोभन देखाएको थियो, त्यसैले उनीहरू नोकरीको खोजीमा गुजरात जानका लागि दक्षिण तर्फ जाने ट्रेन सङ्ख्या 09526 डीएन एनएचएलएन-एचएपीए स्पेशल मार्फत यात्रा गर्न गइरहेका थिए।
त्यसपछि नाबालिकहरूलाई सुरक्षित रूपमा आरपीएफको पोस्टमा ल्याइयो। उनीहरूद्वारा उपलब्ध गराइएको अभिभावकहरूको मोबाइल नम्बरमा सम्पर्क गर्दा थाहा लाग्यो कि यी पाँचै जना नाबालिकहरू 22 अगस्तको बिहानदेखिकै घरबाट बेपत्ता भएका थिए। सबै नाबालिकहरू असमको बाक्सा जिल्लाका निवासी रहेको बताइएको छ। अभिभावकहरूलाई घटना बारे जानकारी दिएपछि उनीहरूलाई कोकराझार रेलवे स्टेशनमा ल्याइयो।
रेस्क्यू गरिएका सबै नाबालिकहरूको आरएनबी सिभिल अस्पताल, कोकराझारमा चिकित्सकीय परीक्षण गराइएपछि चाइल्ड हेल्पलाइन, कोकराझारका प्रोजेक्ट कोअर्डिनेटरको माध्यमबाट नाबालिकहरूलाई गुवान चिल्ड्रेन होम, कोकराझार तथा नाबालिकाहरूलाई चाइल्ड डेस्टिनेशन होम, चन्द्रपारामा अग्रिम कानूनी प्रक्रियाको लागि सुम्पिइएको छ।
यस सम्बन्धमा कोकराझार जीआरपी/पीपीमा जीडीई सङ्ख्या 25, दिनाङ्क 22 अगस्त, 2026 दर्ता गरिएको छ। मामिलाको अग्रिम जाँच एवं आवश्यक कानूनी कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा