
नयाँ दिल्ली, 23 अगस्त (हि.स.)। मध्य जिल्लाको आईपी फ्लाइओभरमा बिहान-बिहान द्रूत गतिको ट्रकले बाइक सवार दुई जना युवकहरूलाई ठक्कर दियो। यस घटनामा बाइक चलाइरहेका 19 वर्षी अमनको घटनास्थलमै मृत्यु भयो भने पछाड़ि बसेका 22 वर्षीय अल्बर घाइते भए जसलाई ट्रमा सेन्टरमा भर्ती गरिएको छ। अल्बरको अवस्था स्थिर रहेको बताइएको छ। दुर्घटनापछि चालक ट्रकसितै भाग्यो।
पुलिस मुताविक गए शनिवार बिहान लगभग 6:21 बजे सड़क दुर्घटना भएको सूचना पीसीआर कलको माध्यमबाट आईपी एस्टेट थानालाई प्राप्त भयो। यो कल सिभिल लाइन्स थानाबाट स्थानान्तरण हुँदै आएको थियो।सूचना पाउनसाथ स्थानीय पुलिस टीम घटनास्थलमा पग्यो। क्राइम टीमलाई घटनास्थलमा बोलाएर जाँच गराइयो।
जाँचमा थाहा लाग्यो, मदनपुर खादर निवासी अमनले मोटरसाइकल चलाइरहेका थिए। उसको पछाड़ि बाटला हाउस, जामिया नगर निवासी 22 वर्षीय अल्बर बसेका थिेए। दुवै बाइक मार्फत सराय काले खाँ तर्फ गइरहेका थिए।यसै अवधि आईपी फ्लाइओभरमा उनीहरूको बाइकलाई एउटा अज्ञात ट्रकले ठक्कर दियो।
यस भयानक ठक्करमा गम्भीर चोट लागेको अमनको घटनास्थलमै मृत्यु भयो। अल्बर घाइते भए। पुलिसले दुवैलाई अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले अमनलाई मृत घोषित गरिदिए भने अल्बरको उपचार भइरहेको छ।
पुलिसले दुर्घटनाको सम्बन्धमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ। घटनास्थल वरिपरीको सीसीटीभी फुजेट जाँच गरिरहेको पुलिस टीम भगौड़ा ट्रक चालकलाई चिन्हित गर्न जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा