
कोलकाता, 23 अगस्त (हि. स.)। कोलकाताको ऐतिहासिक कुमोरटुली घाट पूजापूर्व नौलो रूपमा देखिने छ। कुमोरटुलीलाई हेरिटेज पर्यटनको प्रमुख केन्द्र बनाउने दिशामा घाटको सौन्दर्यीकरणको कार्य द्रूत गतिमा भइरहेको छ। यहाँ देश-विदेशबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गर्दछन्।
जानकारी मुताबिक, कुमोरटुलीदेखि चम्पातला घाटसम्म हुगली नदीको लगभग 300 मीटर भागलाई नयांँ रूपमा विकसित गरिँदैछ। यस सम्पूर्ण परियोजनामा लगभग 10 करोड़ रुपियाँ खर्च गरिँदैछ। श्यामाप्रसाद मुखर्जी पोर्ट अर्थात कोलकाता पोर्ट ट्रस्ट र अडानी पोर्ट्स एण्ड स्पेशल इकोनमिक जोन लिमिटेडको संयुक्त प्रयासमा यस ऐतिहासिक घाटको कायाकल्प गरिँदैछ।
सूत्र अनुसार नयाँ घाटको उद्घाटन आगामी 24 सेप्टेम्बरमा गर्नसक्छ। यस मेगा परियोजनाको उद्घाटन समारोहमा अडानी समूहका चेयरम्यान गौतम अडानी पनि सामेल हुने सम्भावना छ।
यस परियोजनाको माध्यमबाट घाटको सौन्दर्यीकरण मात्र होइन कुमोरटुलीलाई हेरिटेज पर्यटनको प्रमुख केनन्द्रको रूपमा विकसित गर्ने योजना छ। राज्यको पर्यटन विभागले कुमोरटुलीको लागि मास्टर प्लान बनाइरहेको छ ताकि यहाँ आउने पर्यटकहरूलाई श्रेष्ठ सुविधा प्राप्त होस् अनि ऐतिहासिक क्षेत्रको पहिचान अझ् मजबुत हुन सकोस्।
यस परियोजनाबाट कुमोरटुलीा 300 भन्दा अधिक मृतशिल्पकारहरू पनि लाभान्वित हुने आशा छ। अहिले पूजाको मौसममा देश-विदेशबाट मानिसहरू यहाँ दुर्गा प्रतिमालाई हेर्न आउने गर्दछन्। नयाँ विकासपछि सालभरि नै पर्यटकहरूलाई यहाँका पारम्परिक मूर्तिकला अनि कलाकारहरूको दर्शन गराउने प्रयास गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा