‘शिखा इन’ होटलका मालिक वीरेश्वर मित्र पक्राउ
‘शिखा इन’ होटलका मालिक वीरेश्वर मित्र पक्राउ


कोलकाता , 23 अगस्त (हि.स.)। कोलकाताको शिखा इन होटलका मालिक वीरेश्वर मित्रलाई पुलिसले उसको घरबाटै पक्राउ गरेको छ। गत मङ्गलवार न्यू टाउनको मिर्जा गालिब स्ट्रीटस्थित ‘शिखा इन’ होटलमा भीषण आगलागी भएको थियो। यस दुर्घटनामा नौ जना मानिसहरूको मृत्यु भएको थियो जसमा आठ जना बङ्गलादेशी नागरिकहरू रहेको बताइएको छ। दुर्घटनापछि होटल मालिक वीरेश्वर मित्र भागेका थिए।

वीरेश्वर मित्रको न्यू मार्केट क्षेत्रमा दुई वटा होटल छन्। एउटाको नाम ‘शिखा इन’ र दोस्रोको नाम ‘जापन’ हो। दुवै होटल साँघुरो स्थानमा अवस्थित छन् भने ‘जापन’ होटल ‘शिखा इन’- कै अघिल्लोतिर अवस्थित छ।

गत मङ्गलवार राती लगभग तीन बजे ‘जापन’ होटलका कर्मचारीहरूले आफ्नै अगाड़ि रहेको ‘शिखा इन’-मा आगो बलिरहेको देखेका थिए। होटल कर्मचारी इन्द्रदेव पासवान अनुसार उनले तुरून्त होटल मालिक वीरेश्वर मित्रलाई फोन गरेको भए पनि उनले फोन उठाएनन्। त्यसपछिदेखि नै वीरेश्वर मित्रको कुनै ठेगाना थिएन। पुलिसले लगातार उनलाई खोजिरहेको थियो। अन्ततः गए शनिवार डायमण्ड हार्बर रोडस्थित बेहालामा उनको घरबाट उनलाई पक्राउ गरियो।

जाँचमा यो पनि थाहा लागेको छ, लगभग पाँच महिनाअघि वीरेश्वर मित्रले ‘शिखा इन’ होटलको एक तलालाई अब जाफर नामक एकजना व्यापारीबाट लीजमा लिएका थिए। त्यसपछि जाफरलाई प्रत्येक महिना वीरेश्वरले 40 हजार रुपियाँ दिँद आएका थिए।

दुर्घटनापछि अबु जाफर पनि आफ्नो परिवारसितै मध्य कोलकाताको जोड़ासांकोस्थित मदनमोहन बर्मन स्ट्रीटको घरबाट भागेका थिए। भनिन्छ, तिनले आफ्नो परिवारसितै भागेर उत्तर प्रदेशमा जाने योजना बनाइरहेका थिए। पुलिसले अब यस सम्पूर्ण मामिलामा होटल मालिक सहित अन्य सम्बन्धित मानिसहरूको भूमिकाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande