(अपडेट) बिलासपुरको घोङ्घा नदीले बगाए तीन जना नानीहरूको मृत्यु, स्कूलबाट घर फर्किने क्रममा भयो दुर्घटना
(अपडेट) बिलासपुरको घोङ्घा नदीले बगाए तीन जना नानीहरूको मृत्यु, स्कूलबाट घर फर्किने क्रममा भयो दुर्घटना


बिलासपुर, 23 अगस्त (हि.स.)। छत्तीसगढ़को बिलासपुर जिल्लास्थित तखतपुर थाना क्षेत्रको ग्राम पञ्चायत समडिलमा घोङ्घा नदी तर्ने क्रममा पानीको तीव्र प्रवाहको चपेटमा परी तीन जना नानीहरूको मृत्यु भयो। दुर्घटनापछि जिल्ला प्रशासन र एसडीआरएफको रेस्क्यू टीमले खोजी अभियान सञ्चालन गरी तीनै जना नानीहरूको शवलाई नदीबाट निकाल्यो। यस घटनाले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबाएको छ।

जानकारी अनुसार गाउँका यी तीन जना नानीहरू शनिवार स्कूल गएका थिए। स्कूलबाट छुट्टी भएर यिनीहरू घर फर्किरहेका थिए। बाटोमा पर्ने घोङ्घा नदी तर्दै गर्दा अचाक तीव्र प्रवाहको चपेटमा परी तीनै जना नानीहरूको मृत्यु भयो। परिवार अनुसार अन्य दिन नानीहरू अर्कै बाटो भएर स्कूल जान्थे। तर दुर्घटना भएको दिन स्कूल पुग्न ढिला भएको थियो, त्यसैले उनीहरूले नदी तरेर जाने निर्णय गरे अनि फर्किंदा पनि नदी भएरै फर्किरहेका थिए दुर्घटनाको शिकार भए।

ग्रामीणहरूले बताए, शनिवार बिहान नानीहरू स्कूल जाँदा नदीको पानी घटेर तल पुगेको थियो, तर दिनभरि अविरल वर्षा भएको कारणले अपरान्ह नदीको जलस्तर बढ़्यो। नानीहरूले बढ़ेको नदीको जलस्तर र तीव्र प्रवाह बारे अनुमान लगाउन सकेनन् अनि उनीहरू दुर्घटनाको शिकार भए। दुर्घटना भएको खबर पाउनसाथ ठूलो सङ्ख्यामा पुगेका गाउँलेहरूले पहिला आफ्नै प्रयासमा नानीहरूलाई खोजे अनि पुलिसलाई पनि सूचना दिए। त्यसपछि प्रशासन र रेस्क्यू टीमले घटनास्थलमा पुगेर सर्च अपरेशन शुरू गऱ्यो।

अविरल वर्षाको कारणले क्षेत्रका नदी-नालाहरूको बढ़्दो जलस्तरलाई मध्यनजर गर्दै प्रशासनले मानिसहरूसित अपील गरेको छ, उनीहरूले ज्यानलाई जोखिममा पारेर नदी, नाला वा तीव्र बहाउ भएको बाटोलाई पार नगरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande