
हुगली, 23 अगस्त (हि. स.)। उत्तरपाड़ा विधानसभा क्षेत्रमा सड़कको आधारभूत ढाँचालाई बलिय बनाउने दिशामा एक महत्वपूर्ण कदम उठाइएको छ। उत्तरपाड़ा विधानसभा परियोजना अन्तर्गत 48 किलोमीटर सड़क निर्माणको लागि डीपीआरलाई स्वीकृत गरिएको छ।
परियोजना अन्तर्गत 40 किलोमीटर सड़कको काम कोलकाता मेट्रोपोलिटन डेभलपमेन्ट अथोरिटी (केएमडीए)- को माध्यमबाट गरिनेछ जुन मोठ परियोजनाको 83.3 प्रतिशत हो भने 8 किलोमीटर सड़कमा ड्यामेज रिपेयरिङ्ग तथा इन्फ्रास्ट्रक्चर रेस्टोरेशनको कार्य गरिनेछ जसको भाग 16.7 प्रतिशत रहेको छ।
उत्तरपाराका विधायक दीपाञ्जन चक्रवर्तीले गए शनिवार अबेर राती बताए, परियोजनाको उद्देश्य क्षेत्रमा सड़कहरूको स्थितिमा सुधार ल्याउनु अनि सुरक्षित, टिकाऊ र श्रेष्ठ सड़क सम्पर्क सुनिश्चित गर्नु हो। सड़क निर्माण एवं क्षतिग्रस्त भागहरूको मरम्मतबाट स्थानीय मानिसहरूलाई आवागमनमा सुविधा हुने आशा छ।
परियोजनासित सम्बन्धित सन्देशमा उच्चकोटिका सड़कहरूको निर्माण अनि सुनौलो भविष्यको लागि मजबुत कनेक्टिभिटी विकसित गर्नेमाथि बल दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा