
नयाँ दिल्ली, 23 अगस्त (हि.स.)। दिल्ली मेट्रो रेल कर्पोरेशन लिमिटेड ( डीएमआरसी)-ले मुम्बई मेट्रो लाइन-3 को एसेट म्यानेजमेन्ट सिस्टमको लागि आईएसओ 55001:2024 प्रमाणन हासिल गरी एक महत्वपूर्ण उपलब्धि दर्ता गरेको छ। डीएमआरसी देशको पहिला यस्तो मेट्रो सङ्गठन बन्न पुगेको छ जसलाई परिसम्पत्ति प्रबन्धनको यस नवीनतम अन्तर्राष्ट्रिय मानदण्ड अनुरूप प्रमाणित गरिएको छ। यस आशयको जानकारी आइतवार एक प्रेस विज्ञप्ति मार्फत दिइएको छ।
डीएमआरसी मुम्बई मेट्रो लाइन-3 को 33.5 किलोमीटर लामो कोरिडोर जसले कोलाबा, बान्द्रा र सिपजलाई जोड़्छ-ले परिचालन एवं व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको छ। यसान्तर्गत रोलिङ्ग स्टक, ट्र्याक्शन, सिग्नलिङ्ग, टेलीकम्युनिकेशन, स्टेशन, लिफ्ट, एस्केलेटर, ट्र्याक औ सिभिल इन्फ्रास्ट्रक्चर सहित अनेकौं महत्वपूर्ण परिसम्पत्तिहरूको सुरक्षित एवं कुशल प्रबन्ध सामेल छन्।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार डीएमआरसीको यो उपलब्धि एउटा प्रमाणन मात्र नभएर मेट्रो परिसम्पत्तिहरूको प्रबन्धनमा रोकथाम आधारित व्यवस्थापनलाई अगाड़ि बढ़ाएर रणनीतिक, जोखिम-आधारित औ जीवन-चक्र आधारित परिसम्पत्ति प्रबन्धनको दिशामा महत्वपूर्ण प्रगतिलाई दर्शाउँछ। आईएसओ 55001:2024 अन्तर्गत परिसम्पत्तिहरूको प्रबन्धन त्यसको प्रबन्धसम्म मात्र सीमित नरहेर प्रदर्शन, जोखिम, लागत औ दीर्घकालिक जीवन-चक्रलाई सङ्गठनको समग्र उद्देश्यसित जोड़ेर गरिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा