जीटीएको कन्ट्र्याक्चुअल कर्मचारीहरुले वेतन पाएकोमा विष्टप्रति आभार व्यक्त
gta contractual employees


खरसाङ, 23 अगस्त (हि.स.)। जीटीएको कन्ट्र्याक्चुअल कर्मचारीहरुको गत अप्रेल महिनादेखि नपाएको तीन महिनाको वेतन सांसद राजु विष्टको पहलपछि प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सबै जीटीए कन्ट्र्याक्चुअल कर्मचारीहरुले सांसदलाई धन्यवाद दिएका छन्।

खरसाङमा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका महासचिव रुपेस रसाइली, केन्द्रिय संयोजक योगेन तामाङ, खरसाङ महकुमा सचिव सुदन लकान्द्री, मिडिया प्रभारी सुकराज दुमी लगायत सदस्यहरुले सांसद विष्टलाई धन्यवाद दिए।

महासचिव रुपेस रसाइलीले जीटीएको कन्ट्र्याक्चुअल कर्मचारीहरुले अप्रेल महिनादेखि वेतन नपाएपछि गत 30 जूनको दिन सांसद राजु विष्टलाई भेटेर लिखित रुपमा कर्मचारीहरुको समस्या विषयमा ज्ञापन पत्र बुझाएको बताए। ज्ञापन बुझाएको तीन दिनभित्रमा नै एक महिनाको वेतन पाएको र गत जुलाई महिनामा मई र जून महिनाको वेतन पाएको उनले बताए। साथै, जुलाई महिनाको पनि सबै तयारी भइसकेको उनले बताए।

रसाइलीले सांसद विष्टको सहयोगमा मासिक रुपमा वेतन पाउने आशा गरेको बताए। यसको लागि जीटीएको सम्पूर्ण कन्ट्र्याक्चुअल कर्मचारीहरुको तर्फबाट सांसदलाई ज्ञापन गरे। उनले भने, जीटीएको कन्ट्र्याक्चुअल कर्मचारीहरुले इमान्दार र निष्ठापूर्वक काम गरे पनि समयमा वेतन पाएका थिएनन्। त्यसपछि संगठन केन्द्रिय सभापति सञ्जीव तामाङको नेतृत्व सांसद राजु विष्टलाई भेटेर लिखित रुपमा ज्ञापन पत्र बुझाएको थियो। सांसदले सम्बन्धित विभाग र विभागीय पदाधिकारीहरुलाई फोन गरेर जनाएपछि वेतन प्राप्त भएको छ। उनले मासिक वेतनबाहेक जीटीएका कन्ट्र्याक्चुअल कर्मचारीहरुको 60 वर्षसम्म काम सुरक्षित हुनु पर्ने अथवा काम स्थायी हुनु पर्ने माग पनि गरिएको र यस विषयमा पनि सांसदलाई लिखित रुपमा ज्ञापन पत्र बुझाएको जानकारी गराए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande