कोलकाताको दुधकाण्डमा मन्त्री अग्निमित्र पालको प्रत्याक्रमण
कोलकाताको दुधकाण्डमा मन्त्री अग्निमित्र पालको प्रत्याक्रमण


पश्चिम बर्दवान, 24 अगस्त (हि.स.)। कोलकाताको पार्क स्ट्रीट क्षेत्रमा भएको दुधकाण्डलाई लिएर भइरहेका विवादहरूबीच राज्यकी नगरपालिका एवं शहरी विकास मन्त्री अग्निमित्र पालले विपक्षलाई लक्षित गरिन्। सोशल मीडियामा जारी भिडियो सन्देशमा उनले भनिन्, फुटपाथबाट कुनै बच्चाको मुखबाट दुध खोसिएको थिएन जबकि उसको परिवारलाई त्यहाँबाट जान भनिएको थियो।

मन्त्री श्रीमती पालले भनिन्, व्यस्त सड़कमा सानो नानी सड़कमा बामे सर्नु दुर्घटनाको कारण बन्नसक्छ। फुटपाथ पैदल हिँड़्नेहरूको लागि हो र यसलाई अतिक्रमण मुक्त राख्न आवश्यक छ। उनले भनिन्, सरकारले अवैध पार्किङ्ग, अतिक्रमण औ फुटपाथमाथि अवैध कब्जाको विरोधमा आफ्नो कारबाहीलाई जारी राख्नेछ।

अग्निमित्रा पालले भनिन्, राज्यमा निवेश तथा उद्योगहरूलाई भित्र्याउने प्रयास भइरहेको छ। यसको लागि सड़क, नाली एवं शहरका बुनियादी सुविधाहरूमा सुधार ल्याउन आवश्यक छ। उनले यो पनि भनिन्, सरकार जनतासित गरिएको वाचालाई पूरा गर्नको लागि प्रतिबद्ध छ। शहरलाई स्वच्छ एवं व्यवस्थित बनाउने काम कायम रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande