राहुल गान्धीले देशको धरोहरको अपमान गरे: योगी आदित्यनाथ
राहुल गान्धीले देशको धरोहरको अपमान गरे: योगी आदित्यनाथ


-मुख्यमन्त्री याेगीले अवधका नायकहरूलाई श्रञ्द्धाजली दिए, राना बेनी माधव बख्श सिंह सभागृहको लोकार्पण गरे, डाक टिकट जारी गरे

रायबरेली, 24अगस्त(हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले रायबरेलीमा राहुल गान्धीलाई लक्षित गर्दै भने, राहुल गान्धीले हाम्रो धरोहरको अपमान गरिरहेका छन् तथा युवाहरूलाी गलत दिशामा दोहोऱ्याइरहेका छन्। मुख्यमन्त्रीले सोमवार रायबरेलीमा राना बेनी माधव बख्स सिंहको 222औं जयन्तीको अवसरमा आयोजित भाव समर्पण समारोहलाई सम्बोधन गरिरहेका थिए।

मुख्यमन्त्री याेगीले भने, राहुल गान्धीबाट अब देशले कुनै अपेक्षा राख्दैन, तर नेता प्रतिपक्षको नाताले उनको केही दायित्वहरू छन्। तथापि उनले यूपी बाहिर राज्यको अपमान गर्ने गर्दछन् भने देश बाहिर देशको अपमान गर्दछन्। उनलाई आफ्नो धरोहरको अपमान गर्ने कुनै अधिकार छैन। उनले भने, राहुलले शतपथ ब्राम्हण औ मत्स्य पुराण पढ़्नुपर्छ ताकि उनले हाम्रो ग्रन्थ र धरोहर के हो भन्ने कुरा बुझ्न सकुन्।

मुख्यमन्त्रीले भने, रायबरेलीमा एउटै मात्र परिवारको नाममा संस्थाहरूको नामाकरण भएको छ। शहीदहरूलाई भुलिसकेको छ। अब राज्य सरकारले आफ्ना शहीद एवं नायकहरूलाई याद गरिरहेको छ। उनले अयोध्यामा आयोजित कङ्ग्रेस प्रदेश अध्यक्षको भोजमाथि कटाक्ष गर्दै भने, यो सनातनको अपमान हो। हामीले आफ्नो धरोहरलाई चिन्नुपर्छ अनि त्यसमाथि गर्व गर्न आवश्यक छ ताकि हामी आफ्नो समृद्ध परम्परा र इतिहासलाई जान्न सकौं, बुझ्न सकौं।

योगी आदित्यनाथले यसअघि 25 करोड़को लागतमा निर्मित सभागृहको लोकार्पण गरे अनि शहीद परिवारहरूलाई सम्मानित गरे। मुख्यमन्त्रीले डाक विभागद्वारा राना बेनी माधव सिंहमाथि बनाइएको विशेष आवरणलाई जारी गरे। राना बेनी माधव सिंह स्मारक समितिद्वारा अवध केसरीको विमोचन पनि मुख्यमन्त्रीद्वारा गरियो। यस अवसरमा उत्तर प्रदेशका पर्यटन एवं संस्कृति मन्त्री जयवीर सिंह, मन्त्री राकेश सचान, मन्त्री मनोज पाण्डे, राज्य मन्त्री स्वतन्त्र प्रभार दिनेश प्रताप सिंह, विधायक अदिति सिंह, अशोक कोरी, एमएलसी उमेश द्विवेदी, अवनिश सिंह सहित भाजपा पदाधिकारी एवं नेताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande