अमरावती अस्पताल दुर्घटनाको उच्चस्तरीय जाँच गरिनेछ: मुख्यमन्त्री
अमरावती अस्पताल दुर्घटनाको उच्चस्तरीय जाँच गरिनेछ: मुख्यमन्त्री


-मृतक नवजातहरूको परिवारलाई 5-5 लाख रुपियाँ सहयोग राशि दिने घोषणा

मुम्बई, 24 अगस्त (हि.स.)। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले सोमवार मुम्बईमा भने, अमरावतीको जिल्ला महिला अस्पतालमा भएको आगलागीमा तीन जना नवजात शिशुहरूको मृत्यु भएको घटना अत्यन्त दुःखदायी तथा हृदयविदारक छ। हामी उनीहरूको परिवारको दुःखमा सामेल छौं। मृतक नवजाताहरूको परिवारलाई राज्य सरकारको तर्फबाट 5 लाख रुपियाँको आर्थिक मद्दत दिइनेछ।

मुख्यमन्त्री फडणवीसले भने, हेल्थ एडमिनिस्ट्रेशनलाई यस घटनाको हाई-लेभल जाँच गर्ने आदेश दिइएको छ। दोषीहरूविरूद्ध कड़ाभन्दा कड़ा कारबाही गरिनेछ। स्वास्थ्य मन्त्री औ सचिव दुवैलाई आज आमरावती आउन भनिएको छ। मृतकहरूका परिवारहरूलाई राज्य सरकारको पक्षबाट 5-5 लाख रुपियाँ आर्थिक मद्दत दिइनेछ। अमरावती जिल्ला अधिकारीलाई पनि घाइते बच्चाहरूको उपचार सरकारी खर्चमा गराउने निर्देश दिइएको छ। यस घटनामा राम्रो कुरा के भयो भने अन्य 36 जना नानीहरूलाई बचाइयो।

आज सवेरै अमरावती जिल्लास्थित जिल्ला महिला अस्पतालको तेस्रो तलामा अवस्थित चाइल्ड वार्डमा अचानक आगो लागेर तीन जना नानीहरूको मृत्यु भयो भने अन्य छ जना नानीहरू घाइते भए। सबै घाइते बच्चाहरूको उपचार सुपर स्पेशिलिटी अस्पतालमा भइरहेको छ। वार्डमा उपचाराधिन अन्य बच्चाहरूलाई भने बचाइएको छ। घटनाको अनुसन्धान अस्पताल प्रशासन अनि अमरावती पुलिसले गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande