
कोलकाता, 25 अगस्त (हि. स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव तथा लोकसभामा पार्टीका नेता अभिषेक ब्यानर्जीले 20 जना विद्रोही सांसदहरूको सदस्यता रद्द गर्ने मामिलामा सुप्रीम कोर्टको ढोका ढक्ढकाएकोमा भाजपा नेता दिलीप घोषले प्रतिक्रिया व्यक्त गरेका छन्। अभिषेक ब्यानर्जीले लोकसभा अध्यक्ष ओम बिरलासित यी सांसदहरूको अयोग्यतासित जोड़िएको मामिलामा चाँड़ै फसेला गर्ने माग गर्दै सुप्रीम कोर्टमा याचिका दर्ता गरेका छन्।
यता तृणमूल कङ्ग्रेस प्रमुख औ पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले जनगणनासित सम्बन्धित फारममा हस्ताक्षर गर्ने अनि व्यक्तिगत जानकारी साझा गर्ने सम्बन्धमा मानिसहरूलाई सतर्क रहने सल्लाह दिएकोमा पनि दिलीप घोषले प्रतिक्रिया व्यक्त गरेका छन्। ममता ब्यानर्जीले आशङ्का व्यक्त गरेकी छन्, व्यक्तिगत जानकारी साझा गर्नाले मानिसहरूको निजी बचत पनि खतरामा पर्नसक्छ।
यसरी नै आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालको इथेनल र ई20 इन्धनसित सम्बन्धित बयानलाई लिएर पनि दिलीप घोषले प्रतिक्रिया दिएका छन्। केजरीवालले दाबी गरेका छन्, 25 लाख टन उखुलाई इथेनल बनाउनको लागि प्रयोग गरियो जसले गर्दा देशमा चीनीको मूल्य बढ़ेको हो। उनले इन्धनलाई लिएर मानिसहरूको मत बुझ्न अनि सिकायतहरू सुन्नको लागि व्हाट्सएप नम्बर जारी गर्ने अनियस मुद्दामा टाउन हलमा तीन बजे कार्यक्रम आयोजना गर्ने बताएका छन्।
दिलीप घोषले उपरोक्त राजनीतिक मुद्दाहरूमाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै विपक्षी दलहरूका नेताहरूको बयान र उनीहरूको राजनीतिक कदममाथि प्रश्न उठाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा