
खरसाङ, 25 अगस्त (हि.स.)। नेपाली फिल्म जगतका प्रसिद्ध निर्देशक, वरिष्ठ कलाकार तुलसी घिमिरेलाई भीम लकान्द्री स्मृति सम्मान 2026 प्रदान गरिएको छ। गाडीधुरा नवदीप परिवारको आयोजनामा आज गाडीधुरमा सम्पन्न 82औं बलिदान दिवस कार्यक्रममा घिमिरेलाई उक्त सम्मान प्रदान गरिएको हो।
निर्देशक घिमिरेलाई कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित सीके श्रेष्ठको बाहुलीबाट खदार्पणसहित दोसल्ला ओढाएर स्मृति चिन्ह, सम्मान पत्र, नगदराशिसहित ट्रोय ट्रेनको मोडेल प्रदान गरि सम्मानित गरियो। भीम लकान्द्री स्मृति सम्मान पुरस्कार प्राप्त गरेपछि आफ्नो सम्बोधनमा तुलसी घिमिरेले गाडीधुरा नवदीप परिवारलाई हृदयबाट धन्यवाद दिए।
उनले आफ्नो सम्बोधनमा भने, स्वतन्त्रता संग्राममा हाम्रो जातिको योगदानलाई बारम्बार भनिरहनुपर्छ। यसका लागि हाम्रो स्वतन्त्रता सेनानीहरुको ऐतिहासिक योगदान विषयमा खोजी गर्ने लेखकहरुले खोजी गरेर दिएको खण्डमा फिल्ममा उतार्नेछौं, फिल्म बनाउनेछौं। हामी फिल्म बनाउने भनेको सपनाको व्यापार गर्ने हौं। सपना जमा गर्छौं र फिल्ममा उतारेर बिक्री गर्छौं।'
---------------
हिन्दुस्थान समाचार / हनोक