नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा


गान्तोक, 25 अगस्त (हि.स.)। सिक्किममा मंगलबार नयाँ राजनीतिक दल घोषणा गरिएको छ। पश्चिम सिक्किमको टाशीडिङ निवासी ओमप्रकाश बिष्टले आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘सिक्किम त्रिरत्न युवा मञ्च’ नामक नयाँ राजनीतिक दल गठन गरिएको घोषणा गरेका छन्।

उनले नयाँ राजनीतिक दलको उद्देश्य राज्यका युवाहरूलाई एउटा साझा मञ्च प्रदान गर्नुका साथै सिक्किमका जनतासँग सम्बन्धित विभिन्न मुद्दाहरूलाई उठाउनु रहेको बताए।

पत्रकार बिष्टले वर्तमान एसकेएम सरकार महिलाहरूलाई न्याय दिलाउन असफल भएको आरोप लगाए। उनले राज्यका महिलाहरूलाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षण प्रदान गरिनुपर्ने माग गरे।

उनले आफ्नो पार्टी सत्तामा आएमा लिम्बू-तमाङ समुदायका लागि बीएल समुदायको सीटबाट चारवटा सीट आरक्षित गर्ने बताए। उनले नयाँ पार्टीले सिक्किमका युवा तथा आम जनताका मुद्दालाई प्राथमिकतामा राख्दै राज्यको राजनीतिक तथा सामाजिक विकासका लागि काम गर्ने बताए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande