
इम्फाल, 25 अगस्त (हि.स.)। असम राइफल्सले भारतीय सेना र इम्फाल इस्ट पुलिस कमाण्डोसितको संयुक्त अभियानमा मणिपुरको इम्फाल पूर्व जिल्लास्थित सिनाम कोम क्षेत्रको एक भूमिगत ठेगानाबाट हतियार एवं विस्फोटकहरू जफत गरेको छ।
विशिष्ट गुप्त सूचनाको आधारमा संयुक्त टीमले गए 24 अगस्तको बिहान सवेरै लगभग 3 बजे क्षेत्रमा खोजी अभियान सञ्चालन गऱ्यो। यस अभियानमा मेटल डिटेक्टर र विस्फोटकलाई चिन्ने खोजी कुकुरहरूको पनि सहयोग लिइयो।
अभियानको क्रममा दुई वटा राइफल, तीन वटा पिस्तोल/बन्दुक, तीन वटा ह्याण्ड ग्रेनेड, एउटा मोर्टर शेल, म्यागजिन र 37 राउण्ड गोला-बारूद जफत गरियो। जफत गरिएका हतियार एवं विस्फोटकहरूलाई अग्रिम जाँच एवं कानूनी कारबाहीको लागि सगोलमाङ्ग पुलिस स्टेशनलाई सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा