
हुगली, 25 अगस्त (हि.स.)। दक्षिण 24 परगनाको बारुइपुरमा भएको भाजपा कार्यकर्ता बापी प्रामाणिकको हत्याको मामिलामा पुलिसले चार जना मानिसहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा भाजपाबाट निलम्बित नेता सुजन मण्डल पनि सामेल छन्। यस अतिरिक्त कृष्णा मण्डल, कनक मण्डल र अनिल नाइयालाई पक्राउ गरिएको छ।
स्थानीय सूत्र अनुसार गत आइतवार उत्तर टेङ्गरबेड़िया गाउँमा दुर्गा पूजा कमिटीको नियन्त्रणलाई लिएर दुई गुटमाझ विवाद भएको थियो। हेर्दै-हेर्दै विवाद कुटपिटमा परिणत भयो। त्यसपछि त्यसै राती भाजपा कार्यकर्ता बापी प्रामाणिकको हत्या भयो।
मृतक परिवारको आरोप छ, बापीलाई राती फोन गरेर घर बाहिर बोलाइयो अनि धारिलो हतियारले प्रहार गरी उनको हत्या गरिदियो। परिवारले भाजपाबाट निलम्बित नेता सुजन मण्डललाई यस घटनाको मुख्य षड़यन्त्रकारी बताएको थियो। परिवारको आरोप अनुसार सुजनको योजना अन्तर्गत तृणमूल समर्थित उपद्रवीहरूले बापीमाथि प्रहार गरेका हुन्।
परिवारले यो पनि दाबी गऱ्यो, हत्या हुँदा बापीकी पत्नी घटनास्थलमै उपस्थित थिइन् र उनको आँखा अगाड़ि नै धारिलो हतियारले प्रहार गरियो।
घटनापछि बारुइपुर थानामा सिकायत दर्ता गरियो। पुलिसले गए सोमवार तीन जना मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ गरेको थियो। यसै जाँचबुझमा थाहा लागेको तथ्यको आधारमा पुलिसले अब सुजन मण्डल सहित चार जना मानिसहरूलाई पक्राउ गरेको छ। बापीको हत्या गर्नुको पछाड़ि वास्तविक कारण के थियो र पक्रा पर्ने प्रत्येक आरोपीको भूमिका के थियो, पुलिसले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा