तृणमूल नेताहरूलाई कङ्ग्रेसमा सामेल गर्दा सतर्कता अप्नाउने एसआईसीसीको निर्देश
तृणमूल नेताहरूलाई कङ्ग्रेसमा सामेल गर्दा सतर्कता अप्नाउने एसआईसीसीको निर्देश


कोलकाता, 25 अगस्त (हि. स.)। अखिल भारतीय कङ्ग्रेस समिति (एआईसीसी)-ले पश्चिम बङ्गाल प्रदेश कङ्ग्रेस समिति (डब्ल्यूबीपीसीसी)-लाई तृणमूल कङ्ग्रेससित जोड़िएका नेता एवं कार्यकर्ताहरूलाई पार्टीमा सामेल गर्ने मामिलामा सतर्कता अप्नाउने निर्देश दिएको छ। एआईसीसीका पश्चिम बङ्गाल प्रभारी प्रकाश जोशीले प्रदेश कङ्ग्रेस अध्यक्ष शुभङ्कर सरकारलाई पठाएको पत्रमा भनेका छन्, राज्यको परिवर्तित राजनीतिक परिदृश्यमा कङ्ग्रेसले आफ्नो सङ्गठनलाई सुदृढ़ बनाउन आवश्यक छ, तर यसको अर्थ आपराधिक इतिहास भएका मानिसहरूलाई पार्टीमा सामेल गर्नु हुनु हुँदैन।

जोशीले पत्रमा भने, वर्तमान परिस्थितिमा कङ्ग्रेसले आफूलाई मजबुत बनाउनको लागि आवश्यकता अनुसार अन्य राजनीतिक पार्टीका कार्यकर्ता तथा सामाजिक कार्यकर्ताहरूलाई पार्टीमा सामेल गर्न सक्छ। तर पार्टीमा सामेल हुने प्रस्तावित व्यक्तिहरूको नाम वा सूची पहिला कङ्ग्रेस समितिलाई पठाउन आवश्यक छ। प्रदेश कङ्ग्रेस समितिले सम्बन्धित व्यक्तिहरूको पृष्ठभूमि, योग्यता एवं कमजोरीहरूको मूल्याङ्कन गरेपछि सूचीलाई स्वीकृतिकोनिम्ति एआईसीसीलाई पठाउनेछ। एआईसीसीको स्वीकृति पाएपछि मात्र उनीहरूलाई कङ्ग्रेसमा सामेल गरिनेछ। प्रदेश कङ्ग्रेस समिति र पार्टीका वरिष्ठ नेताहरूले यस्ता सबै मामिलाहरूमा यस प्रक्रियालाई कड़ाई पूर्वक पालन गर्न सुनिश्चित गर्नुपर्छ।

यो निर्देश यसै सप्ताह भएको एउटा घटनाक्रमपछि जारी गरिएको हो। पूर्व प्रदेश कङ्ग्रेस अध्यक्ष औ पाँच पटकसम्म लोकसभा सदस्य रहेका अधिर रञ्जन चौधरीले गत 23 अगस्तको दिन आफ्नो गृह जिल्ला मुर्शिदाबादमा आयोजित एक सार्वजनिक कार्यक्रममा तृणमूल कङ्ग्रेसका पाँच जना पूर्व जिल्ला नेताहरूलाई कङ्ग्रेसमा सामेल गराएका थिए जसमा मुर्शिदाबाद जिल्लाको तृणमूल कङ्ग्रेस नियन्त्रित धुलियान नगरपालिकाका अध्यक्ष मोहम्मद इनजामुल इस्लाम पनि सामेल थिए।

जोशीको पत्रबाट यो पनि स्पष्ट भएको छ कि गत 23 अगस्तको घटनापछि एआईसीसीले परिवर्तित राजनीतिक परिदृश्यमा तृणमूल कङ्ग्रेसका नेता अनि कार्यकर्ताहरूलाई कङ्ग्रेसमा सामेल गर्नेमाथि रोक लगाउने प्रक्रिया शुरू गरेको छ। मुर्शिदाबादमा सामेल भएका पाँच जना तृणमूल नेताहरूलाई पनि हाल कङ्ग्रेसमा औपचारिक रूपमा सामेल गर्ने प्रक्रियामाथि रोक लगाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande