खाल्डोभित्र वाहन पसेर चालकको मृत्यु
खाल्डोभित्र वाहन पसेर चालकको मृत्यु


कामरूप (असम), 25 अगस्त (हि.स.)। कामरूप जिल्लाको पलाशबाड़ीमा बितेको अबेर राती एकजना वाहन चालकको मृत्यु भयो। वाहन खाल्डोभित्र पसेर पल्टियो जसले गर्दा चालक गौतम दासको मृत्यु भयो। यो दुर्घटना 'सेञ्चुरी प्लाई' -को परिसरमा भएको हो जहाँ दिउँसो खनन कार्य भएको थियो। प्रारम्भिक जानकारी मुताविक दास नाइट ड्यूटीमा थिए। दिउँसो खाल्डो खनिएको कुरा सायद उनलाई थाहा थिएन। त्यसैले उनको वाहन खाल्दोभित्र पसेर पल्टियो। दास पल्टिएको वाहनको चपेटमा परे जसले गर्दा उनको मृत्यु भयो।

पलाशबाड़ी पुलिसले घटनास्थलमा पुगेर जाँच गऱ्यो। पुलिसले यो पनि जाँच गरिरहेको छ कि वाहन खनेको ठाउँमा कसरी पुग्यो, खनन गरेको ठाउँमा सुरक्षाको पर्याप्त व्यवस्था वा चेताउनीको सङ्केत थियो कि थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande