
नयाँ दिल्ली, 25 अगस्त (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले मङ्गलवार दिल्ली मेट्रो रेल निगम लिमिटेड (डीएमआरसी)- को फेज 5 (ए) अन्तर्गत सेन्ट्रल विस्टा कोरिडोरको शिवाजी मेट्रो स्टेडियममा नयाँ भूमिगत मेट्रो स्टेशनको डी-वाल (डायाफ्राम वाल)- को निर्माण कार्यको शुभारम्भ गरे। उनले यसलाई विकित दिल्लीको लागि आधुनिक एवं निर्बाध कनेक्टिभिटी बनाउने दिशामा एउटा ठूलो कदम बताएका छन्।
उपराज्यपालले भने, आज शिवाजी स्टेडियम साइटमा काम शुरू हुनु दिल्ली मेट्रोको लागि एउटा ठूलो उपलब्धि हो। मेट्रो अस्तित्वमा आउनअघिको दिल्लीलाई हेरेर यसको विस्तारले वास्तवमै शहरलाई परिवर्तन गरिदिएको छ।हामी यसको निरन्तर प्रगति अनि विस्तारलाई सुनिश्चित गर्न सबै आवश्यक सहयोग र समर्थन प्रदान गर्नको लागि पूर्ण रूपमा प्रतिबद्ध छौं।
दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)-ले एउटा विज्ञप्ति जारी गरी बतायो, आज सेन्ट्रल विस्टा कोरिडोरको एक भागको रूपमा शिवाजी स्टेडियम मेट्रो स्टेशनमा निर्माण कार्य शुरू गरिएको छ। शिवाजी स्टेडियम स्टेशनलाई फेज 5 (ए) अधिनस्थ वर्तमान म्याजेन्टा लाइनको जनकपुरी वेस्टदेखि आरके आश्रम मार्गसम्म विस्तार गर्ने भागको रूपमा विकसित गरिँदैछ।
विज्ञप्ति अनुसार शिवाजी स्टेडियम मेट्रो स्टेशन एउटा भूमिगत स्टेशन हुनेछ भने यसले एक महत्वपूर्ण इन्टरचेञ्ज सुविधाको रूपमा काम गर्नेछ जहाँ नयाँ म्याजेन्टा लाइन स्टेशनलाई 230 मीटर लामो भूमिगत सबवेको माध्यमबाट वर्तमान शिवाजी स्टेडियम एयरपोर्ट एक्सप्रेस लाइन स्टेशनसित सहज रूपमा एकीकृत गरिनेछ जसबाट दुई वटा मेट्रो कोरिडोरबीच सविधाजनक इन्टरचेञ्ज सम्भव हुनेछ।
यस अतिरिक्त शिवाजी स्टेडियम मेट्रो स्टेशनलाई राजीव चौक मेट्रो स्टेशनसित 800 मीटर लामो भूमिगत सबवेको माध्यमबाट जोड़िनेछ जसमा ट्र्यावेलेटर जड़ित रहनेछ जसले दुुवै स्टेशनबीच यात्रीहरूलाई सहज र सुविधानजक पैदल कनेक्टिभिटी प्रदान गर्नेछ।
नयाँ शिवाजी स्टेडियम स्टेशनमा डायाफ्राम वाल लगभग 38 मीटरको गहिराईमा हुनेछ जुन 12 तले भवनको उच्चता बराबर हुनेछ। यस्तो गहिराईसम्म निर्माण गर्न यसकारणले आवश्यक छ, किनभने स्टेशन वर्तमान एयरपोर्ट एक्सप्रेस लाइनमुुनि हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा