नक्सलबाड़ीमा बन्नेछ इण्डोर स्टेडियम, मन्त्री आनन्दमय बर्मनले गरे जमीनको निरीक्षण
नक्सलबाड़ीमा बन्नेछ इण्डोर स्टेडियम, मन्त्री आनन्दमय बर्मनले गरे जमीनको निरीक्षण


सिलगढ़ी, 25 अगस्त (हि.स.)। सिलगढ़ी महकुमा अधिनस्थ नक्सलबाड़ीमा प्रस्तावित इण्डोर स्टेडियम निर्माण गर्ने दिशामा प्रशासनिक प्रक्रिया अगाड़ि बढ़िरहेको छ। यसै क्रममा मङ्गलवार राज्यमन्त्री आनन्दमय बर्मनले परियोजनाको लागि प्रस्तावित जमीनको निरीक्षण गरे। मन्त्रीले नक्सलबाड़ीको पाट्टराम मौजामा लगभग दुई एकड़ जमीनको जायजा लिए।

यस अवधि उनको साथमा नक्सलबाड़ीका बीडीओ प्रणब च्याटर्जी र ब्लक ल्याण्ड एण्ड ल्याण्ड रिफर्म्स अफिसर (बीएलएलआरओ) दीपाञ्जन मजुमदार सहित प्रशासनिक अधिकारीहरू उपस्थित थिए। प्रशासनिक अधिकारीहरूसित मन्त्रीले प्रस्तावित स्थलको निरीक्षण गरी परियोजनासित सम्बन्धित विभिन्न पक्षहरूको जानकारी लिए।

प्रशासन अनुसार पाट्टराम मौजामै इण्डोर स्टेडियम निर्माण गर्ने योजना छ। नक्सलबाड़ीमा इण्डोर स्टेयिडम निर्माण भयो भने स्थानीय खेलाड़ी अनि खेल प्रेमीहरूले राम्रो सुविधा पाउने आशा छ। यहाँ खेल प्रशिक्षणसँगसँगै विभिन्न खेल प्रतियोगिता एवं आयोजनहरूको लागि पनि उत्कृष्ट बनियादी ढाँचा उपलब्ध हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande