
भागलपुर, 25 अगस्त (हि.स.)। जिल्लाको खरिक खण्डस्थित राघोपुर-शङ्करपुर (काजीकोरैया) मुख्य जमीँदारी बाँध (मार्जिनल बाँध)- को एउटा ठूलो भाग भत्किएर क्षेत्रमा बाढ़ीको गम्भीर सङ्कट उत्पन्न भएको छ।
बाँध भत्किएको कारणले राघोपुर गाउँका लगबग 5 हजारभन्दा अधिक मानिसहरू तथा एक हजारभन्दा घरहरू सोझै रूपमा प्रभावित भएका छन्। घरभित्र बाढ़ीको पानी द्रूत गतिमा प्रवेश गरिरहेको छ। राती अँध्यारोमा बाँध भत्किएर पानी पसेको खबरले ग्रामीणहरूमा खैलाबैला मचायो। मानिसहरूमा वर्ष 2008-को प्रलयकारी बाढ़ीको जस्त डर देखिँदैछ।
गङ्गाको उर्लिँदो पानी द्रूत गतिमा नवगछिया शहर लगायत तल्लो आवासीय क्षेत्र एवं कृषि क्षेत्रहरूमा पसिरहेको छ। खरिक खण्डका राघोपुर, लोकमानपुर, उस्मानपुर, शङ्करपुर औ तुलसीपुर समेत दर्जनौं गाउँहरू जलमग्न हुने जोखिम देखिँदैछ।
सयकड़ौं एकड़मा रोपिएको फसल नष्ट भइसकेको छ। भागलपुरकी जिल्लाधिकारी अलङ्कृता पाण्डे, नवगछियाका एसडीओ, आपदा प्रबन्धन विभागीय अधिकारी औ पुलिस प्रशासनको टीम तुरून्त शङ्करपुरस्थित घटनास्थलमा पुग्यो। सबै अधिकारी एवं तकनिकी टीमले त्यहाँ डेरा हालेर स्थितिमाथि नजर राखिरहेका छन्।
प्रशासनद्वारा आपदा प्रबन्धनका टीमहरूलाई सतर्क गराइएको छ। प्रभावित मानिसहरूलाई सुरक्षित एवं राहत शिविरहरूमा पुऱ्याइयो। प्रभावित क्षेत्रका मानिसहरूलाई धैर्य राख्ने तथा कुनै पनि प्रकारको अफवाहको पछाड़ि नलाग्ने अपील गरिएको छ भने बाढ़ीको पानीलाई फैलिनदेखि रोक्नतथा बाँधको दुवै किनारलाई सुरक्षित बनाउनको लागि भत्किएको भागमा तत्कारै रिङ्ग बाँध बनाउने कार्य शुरू गरिएको छ।
जल संसाधन विभागका अभियन्ता प्रमुख वरुण कुमार आफ्नो सम्पूर्ण टीमसित घटनास्थलमा डटिरहे। कटाउलाई रोक्नको लागि लगभग 250 लाख स्याण्डब्याग, जियो ब्याग, 20 वटा नौका, 16 वटा ट्र्याक्टर औ 3 वटा जेसीबी मशिनहरूलाई चौबिसै घण्टा काममा खटाइएको छ।
पटनाबाट पनि एक विशेष तकनिकी टीमलाई निगरानी राख्नको लागि बोलाइएको छ। गङ्गा नदीको जलस्तरको दबावलाई कम गर्नको लागि बिहार सरकारको जल संसाधन विभागले फरक्का ब्यारेजका महाप्रबन्धकलाई पत्राचार गरी तत्काल पानी छोड़्ने अनुरोध गरेको छ।
मुख्यमन्त्री सम्राट चौधरीले पनि यस सम्बन्धमा उच्च अदिकारीहरूसित समीक्षा बैठक गरी सुरक्षा अनि राहत कार्यलाई तीव्रता दिने निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा