
नयाँ दिल्ली, 27 अगस्त (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)- को शिक्षा समितिको अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष योगेश वर्माले फेरि नामाङ्कन दर्ता गराए। अध्यक्ष पदको लागि आगामी 3 सेप्टेम्बरमा चुनाउ हुनेछ। विपक्षको पक्षबाट अहिलेसम्म कुनै उम्मेद्वारले नामाङ्कन दर्ता नगराएको कारणले वर्मा निर्विरोध चयन हुने सम्भावना बढ़्दो छ।
योगेश वर्मा वर्तमानमा एमसीडीको शिक्षा समितिका अध्यक्ष छन्। आफ्नो कार्यकालमा उनले निगमका स्कूलहरूमा शिक्षा व्यवस्थामा सुधार ल्याउनको साथै आधुनिक सुविधाहरूको विकासमाथि बल दिए। निगम स्कूलहरूलाई ‘निगम श्री’ स्कूलको रूपमा विकसित गर्ने, स्मार्ट सुविधाहरूको विस्तार गर्ने औ मेधावी विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने काम उनले आफ्नो कार्यकालमा गरे।
वर्माले निगम स्कूलहरूमा प्रतिभाशाली विद्यार्थीहरूलाई चिन्हित गरी उनीहरूलाई अगाड़ि बढ़ाउनेमाथि बल दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा