एसआईआर: गान्तोकमा डीईओ स्तरको अन्तिम सुनुवाई सम्पन्न
सुनवाई प्रक्रिया सम्पन्न


गान्तोक, 27 अगस्त (हि.स.)। विशेष गहन मतदाता नामावली पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत जारी दाबी तथा आपत्ति प्रक्रियाको अन्तिम सुनुवाई आज गान्तोकस्थित जिल्ला प्रशासन केन्द्रमा सम्पन्न भएको छ।

जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापाल रोहन अगावानेले आफ्नो कक्षमा आज अन्तिम सुनुवाई सञ्चालन गरे। सुनुवाई प्रक्रियाको अन्तिम दिन उनले कुल ५० वटा सुनुवाई सम्पन्न गरिएको जनाइएको छ। यससँगै एसआईआर २०२६ अन्तर्गत डीईओ स्तरमा दाबी तथा आपत्तिमाथि हुने सुनुवाई प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande