
गान्तोक, 27 अगस्त (हि.स.)। सिक्किमले आज राष्ट्रिय खेलकुद दिवस 2026 समारोहको एक हिस्साको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्सिङको माध्यमद्वारा सम्बोधित देशव्यापी ‘खेलो इण्डिया संवाद - खेल की बात, प्रधान मन्त्री मोदी के साथ’ मा भाग लिएको छ।
युवा मामिला तथा खेलकुद मन्त्रालय अन्तर्गत ‘मेरा युवा भारत’ (माई भारत) द्वारा आयोजित यो बातचित देशभरिमा एकै साथ आयोजन गरिएको थियो, जसले 5000 भन्दा अधिक स्थानमा युवा, खेलाड़ी र शैक्षिक संस्थानहरूलाई एकसाथ ल्याएको थियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
सिक्किममा, प्रधानमन्त्रीको सम्बोधनको भर्चुअल स्क्रिनिङ गान्तोकको एसआरएम विश्वविद्यालयमा पनि आयोजन गरिएको थियो, जसमा विद्यार्थीहरू, माई भारत र एनएसएस स्वयंसेवकहरू, युवा खेलाड़ीहरू र युवा नेताहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस कार्यक्रममा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभाग (एसनाईएडी) की सचिव याङ्चेन डोमा तामाङ; एसआरएम विश्वविद्यालय सिक्किमका भाइस चान्सलर डीसीआर. (डा.) गुरदमन एल शर्मा; माई भारत सिक्किमका राज्य निर्देशक अतुर रहमान; सिक्किम सरकारको सिक्किम युवा विकास बोर्डका अध्यक्ष वसन्त योञ्जन र एसआरएम विश्वविद्यालय सिक्किमका रजिस्ट्रार प्रो. टम्स के थोमस सहित धेरै अन्य मानिसहरू सामेल थिए।
प्रधानमन्त्रीको सम्बोधनपछि गणमान्य व्यक्ति र भाग लिने खेलाड़ीहरूलाई सम्मान गरिएको थियो र एक चर्चा गरिएको थियो, जहाँ सिक्किमका दुई युवा खेलाड़ी - युवा ताइक्वाण्डो खेलाड़ी कुङ्गा जिम्बा भोटिया र एथलेटिक्स क्षेत्रका मनोज कामीले खेलकुदमा आफ्नो व्यक्तिगत यात्रा साझा गरे। उनीहरूले पछिल्ला दस वर्षमा खेलकुद बुनियादी ढाँचाको विकास, प्रधानमन्त्रीको दृष्टिकोण अन्तर्गत खेलकुदको विकास र आगामी ओलम्पिक र राष्ट्रमण्डल खेलकुदको लागि भारतको तयारीको बारेमा चर्चा गरे।
यस अवसरमा एसवाईएडीकी सचिव र एसआरएम विश्वविद्यालय सिक्किमकी भाइस चान्सलरले पनि सभालाई सम्बोधन गरे।
कार्यक्रममा युवाहरूबीच एक खुल्ला बातचित (युवा संवाद) पनि आयोजन गरियो। यसमा खेल पारिस्थितिकी प्रणालीलाई राम्रो बनाउने विषयमा चर्चा गरियो, जसमा उदीयमान खेलाड़ीहरूका लागि सुविधा, कोचिङ, पोषण, उपकरण, प्रतियोगिता र अवसरहरूमा राम्रो पहुँच सामेल थिए; यसका साथै 2036 को ओलम्पिकको लागि प्रारम्भिक पहिचान, खेलाड़ी सहायता र करियरका मार्गहरूको माध्यमद्वारा प्रतिभालाई निकाल्ने विषयमा चर्चा भयो। यो बातचित स्वयंसेवा र सामुदायिक पहलहरूको माध्यमद्वारा युवा नेतृत्व बनाउने र सुशासनमा युवाहरूको सहभागिता बढ़ाउनमा केन्द्रित थियो; साथै नागरिक जिम्मेवारी, भविष्यको लागि जरुरी कौशल र राष्ट्र निर्माणमा सार्थक सहभागिताको माध्यमद्वारा ‘विकसित भारत’ को लागि युवाहरूलाई सशक्त बनाउने विषयमा पनि चर्चा गरियो।
यस बातचितले सिक्किमका युवाहरूलाई आफ्नो आकांक्षा साझा गर्न र राज्य तथा देशको खेलकुद पारिस्थितिक प्रणालीलाई मजबुत पार्नका लागि आफ्ना विचारहरू साझार गर्ने एक सोझो मञ्च प्रदान गऱ्यो।
कार्यक्रमको क्रममा, सबै सहभागीहरूले ‘नशा मुक्त भारत अभियान’ अन्तर्गत शपथ लिएर तथा नशा मुक्त भारत बनाउने एवं खेलको माध्यमद्वारा स्वस्थ र सक्रिय जीवनशैलीको बारेमा जागरूकता फैलाउने आफ्नो सङ्कल्पलाई दोहोऱ्याए।
कार्यक्रमको समन्वय गर्ने माई भारत टोलीमा युवा मामिला तथा खेलकुद मन्त्रालयको माई भारत सिक्किम राज्य निर्देशक / कार्यालय प्रमुख अतुर रहमान; माई भारत सिक्किमका डेपुटी डाइरेक्टर शमशेर सुबेदार; र आर्चर तथा माई भारत स्वयंसेवी भूमिका छेत्री (जसले कार्यक्रमको सञ्चालन गरिन्) सामेल थिए।
कार्यक्रमको समापन माई भारत - राष्ट्रपति राष्ट्रिय सेवा योजना पुरस्कार विजेता अर्जुन प्रधानले धऩ्यवाद प्रस्ताव गरेपछि भयो।
---------------
हिन्दुस्थान समाचार / बिशाल