बाढ़ी प्रभावित नेपालमा 6 जना ओडिया फुटबलरहरू सुरक्षित छन्, मन्त्री सूर्यवंशी सुरजले दिए जानकारी
बाढ़ी प्रभावित नेपालमा 6 जना ओडिया फुटबलरहरू सुरक्षित छन्, मन्त्री सूर्यवंशी सुरजले दिए जानकारी


भुवनेश्वर, 27 अगस्त (हि.स.)। नेपालमा आएको विनाशकारी भलपैह्रोको स्थितिमा म्याच खेल्न गएका ओडियाका 6 जना फुटबलहरू सुरक्षित रहेको पुष्टि राज्यका संस्कृति मन्त्री सूर्यवंशी सुरजले बिहीवार दिए। मन्त्रीले बताए, राज्यका नोडल अधिकारीहरूले खेलाड़ीहरूसित सम्पर्क गरेर स्थितिको जानकारी लिएका छन्। खेलाड़ीहरूलाईसुरक्षित ओडिशा फर्काउने जिम्मा एकजना वरिष्ठ अधिकारीलाई सुम्पिइएको छ। सरकारले उनीहरको यथाशीघ्र फिर्ती सुनिश्चित गर्ने प्रयास गरिरहेको छ।

सूर्यवंशी सूरजले भने, ओडिशा सरकार नेपाल सरकारको लगातार सम्पर्कमा छ। यस सम्बन्धमा राज्यका गृह विभागलाई पनि जानकारी दिइएको छ। खेलाड़ीहरूको सुरक्षित फिर्तीको लागि आवश्यक समन्वय स्थापना गरिँदैछ।

यो जानकारी यस्तो समयमा बाहिरिएको छ जतिबेला नेपालमा भयानक बाढ़ी अनि पैह्रोले व्यापक क्षय-क्षति पुऱ्याएको छ। यस आपदामा 172 भन्दा अधिक मानिसहरूको मृत्यु भर 1,000 भन्दा अधिक मानिसहरू बेपत्ता भएको सूचना प्राप्त भएको छ। प्रभावित मानिसहरूमा ओडिशाको एक दम्पत्ति र अन्य 135 जना भभारतीय नागरिकहरू पनि सामेल छन्। यस अतिरिक्त केही पर्यटकहरू अहिले पनि आपदा प्रभावित क्षेत्रहरूमा फसेका छन्।

अर्कोतिर नेपालमा आएको विनाशकारी बाढ़ीलाई मध्यनजर गर्दै ओडिशा सरकारले नयाँ दिल्लीमा एउटा कन्ट्रोल रूम स्थापित गरेको छ। नेपालमा फसेका वा कुनै किसिमको समस्यामा परेका ओडिशाका मानिसहरूको सहायताको लागि हेल्पलाइन नम्बर पनि जारी गरिएको छ।

सरकारद्वारा जारी हेल्पलाइन नम्बरहरू रहेका छन्- +91-7428135044, +91-8527580245 र 011-23012807।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande