जन्तर-मन्तरमा सवर्ण आन्दोलनकारीहरूमाथि भएको कुटपिटको विरोधमा आक्रोश मार्च, मोदी-शाहको पुतला दहन
जन्तर-मन्तरमा सवर्ण आन्दोलनकारीहरूमाथि भएको कुटपिटको विरोधमा आक्रोश मार्च, मोदी-शाहको पुतला दहन


नवादा, 27 अगस्त (हि.स)। दिल्लीको जन्तर-मन्तरमा शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति नदिइएको तथा सवर्ण आन्दोलनकारीहरूमाथि कथित रूपमा भएको पुलिसको बर्बरताको विरोधमा बिहीवार नवादामा सवर्ण महासङ्घको ब्यानरमा आक्रोश मार्च निकालियो। मार्चमा सामेल सयकड़ौं युवाहरूले केन्द्र सरकारको विरोधमा नाराबाजी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुतला दहन गरे।

शहरस्थित डा. श्रीकृष्ण सिंह स्मारक हलको नजिकबाट शुरू भएको यस मार्चमा सवर्ण समाजका छात्र एवं युवाहरू व्यापक रूपमा सहभागी भएका थिए। प्रदर्शनकारीहरूले आरोप लगाए, दिल्लीमा आफ्नो अधिकार र मागहरूलाई लिएर शान्तिपूर्ण ढङ्गमा आन्दोलन गर्न पुगेका सवर्ण समाजका मानिसहरूलाई जन्तर-मन्तरमा प्रदर्शन गर्ने अनुमति दिइएन। साथै पुलिस प्रशासनमाथि आन्दोलनकारीहरूलाई कुटपिट गरेको अनि उनीहरूलाई हिरासतमा लिएर दिल्लीदेखि बाहिर पठाएको आरोप लगाइएको छ।

प्रदर्शनकारीहरूले सवर्ण समाजसित कथित भेदभाव समाप्त गर्ने, उनीहरूको मौलिक अधिकारहरूको रक्षा गर्ने तथा सवर्ण समाजसित सम्बन्धित मुद्दाहरूमा केन्द्रसित सकारात्मक पहल गर्ने माग गरे। यस अवधि केन्द्र सरकारको विरोधमा व्यापक नाराबाजी गरियो।

आंदोलनकारीहरूले यूजीसी बिललाई फिर्ता लिने अनि सवर्ण समाजको हित रक्षा गर्ने माग समेत उठाए। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुतला दहन गर्ने क्रममा प्रदर्शनकारीहरूले आगामी चुनाउमा भाजपालाई पाठ सिकाउने सङ्कल्प पनि लिए।

अखिल भारतीय सामान्य जाति सङ्घर्ष मोर्चाको ब्यानरमा आयोजित यस आक्रोश मार्चमा भाजपा नेता राजेश कुमार श्री, दिनेश अकेला, मनीष सिन्हा, मनोज कुमार सहित ठूलो सङ्ख्यामा युवाहरू सामेल भएका थिए। नेताहरूले भने, सवर्ण समाजका अधिकारहरूलाई अदेखा सहन गरिनेछैन। उनीहरूले आफ्ना मागहरूको समर्थनमा चरणबद्ध ढङ्गमा आन्दोलनलाई जारी राख्ने अनि अधिकभन्दा अधिक मानिसहरूलाई आन्दोलनसित जोड़्ने जानारी पनि दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande