पश्चिम बङ्गाल सरकारको पहलमा 25 लाख राखी बाँधिनेछ,राखी उत्सवको लागि लगभग 9 करोड़को बजट
पश्चिम बङ्गाल सरकारको पहलमा 25 लाख राखी बाँधिनेछ,राखी उत्सवको लागि लगभग 9 करोड़को बजट


कोलकाता, 27 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा शुक्रवार राखी बन्धन उत्सव व्यापक रूपमा मनाइनेछ। राज्य सरकारले राज्यभरि नै कार्यक्रमहरू आयोजना गर्नको लागि 8 करोड़ 97 लाख 17 हजार रुपियाँको बजट तय गरेको छ। यस कार्यक्रम अन्तर्गत 25 लाख 60 हजार 500 राखीहरू वितरण गरिनेछ भने यी राखीहरूको खरिदमा 2 करोड़ 85 लाख 67 हजार रुपियाँ खर्च गरिनेछ।

राज्यस्तरीय राखी बन्धन कार्यक्रम शुक्रवार बिहान 10 बजे कोलकाताको नजरुल मञ्चमा आयोजना गरिनेछ। कोलकाता नगरनिगमद्वारा आयोजित यस कार्यक्रममा लगभग 2,500 विद्यार्थीहरू सामेल हुनेछन्। मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि कार्यक्रममा उपस्थित रहनेछन्। यस अतिरिक्त मुख्यमन्त्री जादवपुरमा आयोजना हुने अर्को राखी बन्धन कार्यक्रममा सामेल हुने सम्भावना छ।

सरकारद्वारा जारी बजट अनुसार राज्यका 3,342 ग्राम पञ्चायतहरूका लागि सबैभन्दा अधिक 3 करोड़ 34 लाख 20 हजार रुपियाँ निर्धारित गरिएको छ। राज्यका 22 वटा जिल्ला मुख्यालयहरूलाई 22 लाख रुपियाँ दिइनेछ भने जीटीए र कोलकाता नगरनिगमका कार्यक्रमहरूको लागि एक-एक लाख रुपियाँ आवन्टन गरिएको छ।

कोलकाता नगरनिगमका 144 वटा वार्डहरूको लागि 28 लाख 80 हजार रुपियाँ, 6 वटा नगरनिगमहरूको लागि 6 लाख रुपियाँ औ 121 वटा नगरपालिकाहरूका लागि एक करोड़ 21 लाख रुपियाँको प्रावधान राखिएको छ। यस अतिरिक्त 45 वटा अनुमण्डलहरूका लागि 11 लाख 25 हजार रुपियाँ औ 345 खण्डहरूमा राखी बन्धन उत्सव आयोजना गर्नको लागि 86 लाख 25 हजार रुपियाँ निर्धारित गरिएको छ।

राज्यमा सत्ता परिवर्तन भएपछि पहिलो पटक व्यापक स्तरमा राकी बन्धन उत्सव आयोजना गरिँंदैछ। सरकार अनुसार यस आयोजनको उद्देश्य प्रेम, भाइचारा, सामाजिक सद्भाव औ राष्ट्रभावनाको बन्धनलाई मजबुत बनाउनु हो। शुक्रवार राज्यभरि नै विभिन्न स्तरमा कार्यक्रम आयोजना गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande