पश्चिम बङ्गालको स्कूले शिक्षामा व्यापक असन्तुलन, यूडीआईएसईको आँकड़ाले गऱ्यो खुलासा
पश्चिम बङ्गालको स्कूले शिक्षामा व्यापक असन्तुलन, यूडीआईएसईको आँकड़ाले गऱ्यो खुलासा


कोलकाता, 27 अगस्त (हि.स.)। पश्चिम बङ्गालको स्कूले शिक्षा व्यवस्थामा संसाधन एवं विद्यार्थीहरूको उपलब्धतालाई लिएर गम्भीर असन्तुलन रहेको खुलासा भएको छ। यूनिफाइड डिस्ट्रिक्ट इन्फर्मेशन सिस्टम फर एजुकेशन प्लसको ताजा आँकड़ा अनुसार राज्यमा 4,133 यस्ता स्कूलहरू छन् जहाँ एकजना पनि विद्यार्थीको नामाङ्कन भएको छैन। यस मामिलामा पश्चिम बङ्गालले अण्डमान एवं निकोबर द्वीप समूहपछि देशमा दोस्रो स्थान ओगटेको छ।

सबैभन्दा अचम्भको कुरा के छ भने यी विद्यार्थीहीन स्कूलहरूमा 19,502 शिक्षकहरू तैनाथ रहेको बताइएको छ जसबाट शिक्षकहरूको तैनाथी र सरकारी धनको प्रयोगमाथि प्रश्न उठिरहेको छ।

अर्कोतर्फ राज्यमा 6,769 स्कूलहरू यस्ता छन् जहाँ एकजना मात्र शिक्षक कार्यरत् छन्। यी स्कूलहरूमा 2.29 लाखभन्दा अधिक विद्यार्थीहरू अध्ययनरत् छन्। यस स्थितिमा एकजना मात्र शिक्षकले पढ़ाईसँगसँगै प्रशासनिक जिम्मेवारीहरू पनि निर्वाह गर्न परिरहेको छ।

आँकड़ा अनुसार पश्चिम बङ्गालमा प्रतिशिक्षक लगभग 30 जना विद्यार्थीहरू छन्। यस मामलामा झारखण्डको अनुपात अधिक छ जहाँ एकजना शिक्षकमाथि 36 जना विद्यार्थीहरू छन्। यसरी नै राज्यको एउटा स्कूलमा औसतन मात्र एकजना शिक्षक छन् भने छत्तीसगढ़, झारखण्ड र मेघालयमा यो औसत पाँच शिक्षक प्रतिस्कूल छ।

यूडीआईएसईको आँकड़ाले राज्यका स्कूलहरूमा विद्यार्थीहरूको सङ्ख्यामा व्यापक अन्तर देखाएको छ। पश्चिम बङ्गालका 93,147 स्कूलहरूमा आठ प्रतिशत स्कूल यस्ता छन् जहाँ 10 भन्दा कम विद्यार्थीहरू छन् अर्कोतिर 8.5 प्रतिशत स्कूलहरूमा 500 भन्दा अधिक विद्यार्थीहरू अध्ययनरत् छन्।

राज्य सरकारले आँकड़ाले खुलासा गरेको यस अन्तरको एक भागको लागि निजी स्कूलहरूद्वारा सही जानकारी अपलोड नगरिएकोलाई जिम्मेवार ठहराएको छ। शिक्षा मन्त्री दीपक बर्मनले भने, स्कूलहरूले यूडीआईएसई पोर्टलमा विद्यार्थी, शिक्षक एवं भवनको स्थितिसित सम्बन्धित जानकारी अनिवार्य रूपमा अपलोड गर्नुपर्छ। तर केही निजी स्कूलहरूले अहिलेसम्म आँकड़ा अपलोड गरेका छैनन्। यसबाट राज्यको सम्पूर्ण तस्वीर प्रभावित भइरहेको छ।

उनले भने,स्कूलहरूलाई चाँड़ोभन्दा चाँड़ो आँकड़ा अपलोड गर्न भनिएको छ। जानकारी पूरा भएपछि राज्यको स्थितिमा फेरबदल देखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande