रक्षाबन्धनमा मुख्यमन्त्रीले दिए शुभकामना, महिलाहरूको सुरक्षा अनि सशक्तिकरणको सङ्कल्पलाई दोहोऱ्याए
रक्षाबन्धनमा मुख्यमन्त्रीले दिए शुभकामना, महिलाहरूको सुरक्षा अनि सशक्तिकरणको सङ्कल्पलाई दोहोऱ्याए


गुवाहाटी, 28 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार पवित्र राखी पूर्णिमाको वसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिए। मुख्यमन्त्रीले सोशल मीडिया पोस्टको माध्यमबाट भने, यो विशेष दिन चेली-माइतीको प्रेम, विश्वास एवं स्नेहको अटुट बन्धनको उत्सव हो।

डा. हिमन्त बिस्व सरमाले भने, दिदी-बहिनीहरूको प्रेम र विश्वास सदैव अमूल्य छ। उनले असमको प्रत्येक दिदी-बहिनीको सुरक्षा, सम्मान, आत्मनिर्भरता एवं उज्जवल भविष्य सुनिश्चित गर्नको लागि सरकारको प्रतिबद्धतालाई दोहोऱ्याए।

उनले भने, यस पवित्र अवसरमा प्रत्येक दिदी-बहिनीको सुरक्षित, सम्मानजनक औ सशक्त भविष्यको लागि काम गर्ने सङ्कल्पलाई फेरि एकपटक दृढ़्ता पूर्वक व्यक्त गरिएको छ

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande