
कोलकाता, 28 अगस्त (हि.स.)। तृणमूल छात्र परिषदको स्थापना दिवसको अवसरमा शुक्रवार क्याथिड्रल रोडमा आयोजित सभामा पूर्व मुख्यमन्त्री पुग्नसाथ अचानक खैलाबैला मचियो। सभास्थलमा उपस्थित भीड़ ब्यारिकेडलाई हटाएर मञ्च तर्फ आउन थाल्यो। यस अवधि केही वाहनहरू पनि सभास्थलको बीचमा पुगे जसबाट यातायात व्यवस्था प्रभावित भयो। यस भीड़मा एउटा एम्बुलेन्स पनि फस्यो।
ममता ब्यानर्जी अपरान्ह लगभग एक बजे सभास्थलमा पुगिन्। उनी पुग्नसाथ त्यहाँ उपस्थित हजारौं कार्यकर्ताहरू मञ्च तर्फ अग्रसर भए। आउन लागे। बढ़्दो भीड़लाई ध्याानमा राखेर गार्डरेललाई हटाइयो अनि सभास्थल वरवर अव्यवस्थाको स्थिति उत्पन्न भयो। यसै अवधि केही वाहनहरू पनि सभास्थलको बाटो भएर आए।
ममता ब्यानर्जीले आफै उभिएर यी वाहनहरूलाई त्यहाँबाट जाने अनि बाटो दिने निर्देश दिइन्। उनले कार्यकर्ताहरूलाई पुलिसलाई सहयोग गर्ने अपील पनि गरिन्। तृणमूल प्रमुखले सभाको मञ्चबाट पुलिसलाई लक्षित गर्दै आरोप लगाइन्, सभास्थलभित्र वाहनहरूलाई आउन दिइयो।
उनले केही समयसम्मको लागि सभालाई स्थगित राख्न लगाइन्। ममताले भनिन्, पहिला सभास्थलको वरपर फसेका सबै वाहनहरूलाई बाहिर निकालियोस्, त्यसपछि बाटो पूर्ण रूपमा कब्जामा आएपछि पुनः सभा शुरू गरियोस्। त्यसपछि पुलिसको उपस्थितिमा बिस्तारै वाहनहरूलाई त्यहाँबाट बाहिर निकालियो। केही तृणमूल कार्यकर्ताहरूले पनि वाहनहरूलाई वाटो दिनमा सहयोग गरिरहेको देखियो।
स्थिति सामान्य भएपछि सभा पुनः शुरू भयो। त्यसपछि तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले सभालाई सम्बोधन गरे।
वास्तवमा तृणमूल छात्र परिषदको स्थापना दिवसमा पहिला मेयो रोडमा सभा आयोजना गर्ने अनुमति मागिएको थियो, तर त्यहाँ अनुमति नदिइएको कारणले कलकत्ता उच्च अदालतको निर्देशमा क्याथिड्रल रोडमा सभा आयोजना गरियो। अदालतको निर्देश मुताविक सभालाई अपरान्ह 3 बजे समाप्त गर्नुथियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा