
हुगली, 28 अगस्त (हि.स.)। हुगलीको धनेखाली थाना क्षेत्रको सोमसपुर दुलीपाड़ामा एउटै परिवारका तीन जना मानिसहरूको शव भेटिएको घटनापछि कोकोहोलो मचियो। मृतकहरूमा पति-पत्नी र उनीहरूकी छोरी सामेल छन्। तीनैजनाको शव घरभित्र गलफन्दामा झुण्डिरहेको थियो।
शुक्रवार बन्द कोठाबाट तीन वटा शवलाई उद्धार गरी पुलिसले पोस्टमर्टम गर्नको लागि पठाइदियो। घटनास्थलको जाँच गर्दा पुलिसको नजर घरको हरियो रङ्गको भित्तामा लेखिएको एउटा सन्देशमाथि पऱ्यो जसमा लेखिएको थियो-“हाम्रो मृत्युक लागि जिम्मेवार रवीन्द्रनाथ।”
अब पुलिस यो पत्तो लगाउन जुटेको छ, रवीन्द्रनाथ को हो र उसको यो परिवारसित के सम्बन्ध छ।
पुलिस र स्थानीय सूत्र अनुसार लगभग तीन महिनाअघि उत्तम चाँई नामक व्यक्तिले धनेखालीमा एउटा घर भाड़ामा लिएका थिए।उनी मूल रूपमा डानकुनी निवासी रहेको बताइएको छ। तिनी आफ्नी पत्नी रूपा र छोरी अङ्कितासित भाड़ाको घरमा बस्थे।
स्थानीय मानिसहरूले बताए मुताविक चाँई परिवारले दुई तले घरको भुइँतला भाड़ामा लिएको थियो। परिवारका सदस्यहरूको स्थानीय मानिसहरूसित बढ़ी मेलमिलाप थिएन।। परिवारको मुखियाले के काम गर्थ्यो, त्यसको जानकारी पनि वरपरका मानिसहरूलाई थिएन।
शुक्रवार बन्द कोठालाई खोल्दा तीनै जनाको शव झुण्डिरहेको थियो। त्यसपछि पुलिसले भित्तामा लेखिएको सन्देश देख्यो जसमा उनीहरूको मृत्युको लागि ‘रवीन्द्रनाथ’ नामक कुनै व्यक्तिलाई जिम्मेवार ठहराइएको छ।
घटनाको सूचना पाएर हुगली ग्रामीण पुलिसका केही वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेर जाँचमा जुटे।
पुलिस अधिकारीहरू अनुसार मामिलामा अस्वाभाविक मृत्युको मामिला दर्ता गरिएको छ। पुलिसले यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि वास्तवमा तीनै जनाको मृत्यु कसरी भयो।
यदि यो आत्महत्याको मामिला हो भने यसको पछाड़ि के कारण थियो, के कसैले उनीहरूहरूलाई आत्महत्या गर्नको लागि उक्साएको थियो तथा भित्तामा लेखिएको ‘रवीन्द्रनाथ’ नामको घटनासित के सम्बन्ध छ- यी सबै पक्षहरूको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा