
आइजोल, 28 अगस्त (हि.स.)। छिमेकी राज्य मिजोरममा असम राइफल्स र मिजोरम पुलिसद्वारा गरिएको संयुक्त कारबाहीमा सुनको बिस्कुटसितै म्यान्मारका एकजना नागरिकलाई पक्राउ गरियो।
गुप्त सूचनाको आधारमा आइजलको जुआङ्गतुई क्षेत्रमा विशेष अभियान सञ्चालन गरियो। यस अवधि सुरक्षा बलहरूले म्यान्मारका नागरिकलाई समातेर उसको कब्जाबाट 82 ग्राम वजन भएको एउटा सुनको बिस्कुट जफत गऱ्यो।
असम राइफल्सको सूत्र अनुसार जफत गरिएको सुनको अनुमानित मूल्य लगभग 13.06 लाख रुपियाँ रहेको छ।
पक्रा पर्ने म्यान्मारका नागरिकलाई आवश्यक कानूनी कारबाहीको लागि बाउङ्गकाउन पुलिस थानालाई सुम्पिइयो भने जफत गरिएको सुनलाई अग्रिम जाँच तथा विभागीय प्रक्रियाको लागि सीमा शुल्क विभागलाई सुम्पिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा