नुहाउन गएका तीन किशोरीलाई नदीले बगायो, एकजनाको शव भेटियो, दुई जना बेपत्ता
नुहाउन गएका तीन किशोरीलाई नदीले बगायो, एकजनाको शव भेटियो, दुई जना बेपत्ता


भागलपुर, 28 अगस्त (हि.स.)। जिल्लाको कहल गाउँ अनुमण्डल अन्तर्गत पिरपैंती खण्डमा रक्षाबन्धनको दिन नै एउटा परिवारको खुशी शोकमा परिणत भयो। श्रीमतपुर-हजुरनगर पञ्चायतको ओलनी टोलास्थित मरगङ्ग घाटमा शुक्रवार अपारन्ह नुहाउन गएका तीन जना किशोरीहरू नदीको तीव्र प्रवाहको चपेटमा परी बेपत्ता भए।

स्थानीय गोताखोरहरूको कड़ा परिश्रमपछि एकजना किशोरीको शव उद्धार गरिएको छ भने अन्य दुई जना बेपत्ता भएका छन्। भनिन्छ, ओलनी टोला निवासी तीन जना किशोरी अपरान्ह लगभग 12 बजे मरगङ्ग घाटमा स्नान गर्न गएका थिए। नुहाउने क्रममा नदीको तीव्र प्रवाहको कारणले उनीहरूको अचानक उनीहरूको खुट्टा चिप्लियो अनि हेर्दा-हेर्दै तीनै जना गहिरो पानीमा डुबे।

घाटमा उपस्थित अन्य मानिसहरूले उनीहरूलाई डुब्दै गरेको देखेर चिच्याउन शुरू गरे। त्यसपछि स्थानीय ग्रामीणहरूले तत्कालै आफ्नो स्तरमा बचाउ कार्य शुरू गरे, तर नदीको तीव्र बहाउ भएको कारणले सफलता हात लाग्न सकेन। बेपत्ता हुने तीन जना किशोरीहरूमा दुई जना एउटै परिवारको दिदी-बहिनी रहेको बताइएको छ।

स्थानीय गोताखोरहरूले लामो खोजीपछि 16 वर्षीय चन्दा कुमारीको शवलाई पानीदेखि बाहिर निकालेका छन् भने उसकी दिदी मोनाली कुमारी (18 वर्ष) र छिमेकी अभिलाषा कुमारी (8 वर्ष) अहिले पनि बेपत्ता नै छन्। दुर्घटनाको खबर सुनेर सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। हेर्दा-हेर्दै मरगङ्ग घाटमा स्थानीय मानिसहरूको घुइँचो लाग्यो। पीड़ित परिवारका सदस्यहरूको रोएर बेहाल भएको छ। घटनाको सूचना स्थानीय प्रशासन र पुलिसलाई दिइएको छ। एसडीआरएफको टीमले घटनास्थलमा पुगेर बेपत्ता दुवै किशोरीहरूलाई खोज्नको लागि रेस्क्यू अभियान शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande