
नगाउँ (असम), 28 अगस्त (हि.स.)। मोइराबाड़ीमा जाली सिम कार्ड र साइबर अपराधविरूद्ध पुलिसले अभियान सञ्चालन गरी एकजना मानिसलाई पक्राउ गरेको छ। लाहरीघाट अनुमण्डल पुलिस र मोइराबाड़ी पुलिसको संयुक्त टीमले विशेष अभियानको क्रममा मोइराबाड़ी बजारस्थित सूमो स्ट्याण्डको छेउमा अवस्थित एउटा पसलबाट आरोपीलाई समातेको हो।
पुलिसले पसलबाट विभिन्न कम्पनीहरूको लगभग 2,500 सिम कार्ड, आठ वटा फोन, दुई वटा स्क्यानर मशिन, एउटा फिङ्गरप्रिन्ट मशिन र 12 हजार रुपियाँ नगद जफत गऱ्यो।
प्रारम्भिक जाँच अनुसार पक्रा पर्ने व्यक्तिले कथित रूपमा अवैध रूपमा सक्रिय बनाइएको सिम कार्डलाई अनलाइन वित्तीय धोकाधड़ी तथा अन्य साइबर अपराधहरूको लागि प्रयोग गर्दै आएको थियो। पुलिसले मामिलाको जाँचलाई जारी राख्दै जाली सिम कार्ड आपूर्ति नेटवर्कसित सम्बन्धित अन्य मानिसहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा