
चण्डीगढ़, 28 अगस्त (हि.स.)। पञ्जाब पुलिसको स्टेट स्पेशल अपरेशन सेल अमृतसर औ काउन्टर इन्टेलिजेन्स अमृतसरले अलग-अलग अपरेशन सञ्चालन गरी हतियार अनि नशा तस्करीसित जोड़िएको मोड्यूलको भण्डाफोर गऱ्यो।
पञ्जाब पुलिस महानिदेशक गौरव यादवले शुक्रवार बताए, यस कारबाहीमा पुलिसले 6 जना आरोपीहरूलाई पक्राउ गरेको छ। यिनीहरूको कब्जाबाट लगभग 2 किलो 920 ग्राम हेरोइन र 8 हाई एण्ड पिस्तोल जफत गरेको छ। प्रारम्भिक जाँचमा थाहा लागेको छ, आरोपीहरू सीमा पारीको नशालु पदार्थ अनि हतियारहरूको तस्करीसित जोड़िएका थिए। छन्।
पुलिस अनुसार ड्रोनको माध्यमबाट सीमा पारीबाट हतियार र नशालु पदार्थहरूको खेपलाी पञ्जाबमा भित्राइरहेको थियो। त्यसपछि यसलाई आपराधिक गतिविधिहरूमा सामेल मानिसहरूसम्म पुऱ्याइन्थ्यो।
मामिलामा स्टेट स्पेशल अपरेशन सेल अमृतसर थानामा अलग-अलग एफआईआर दर्ता गरिएको छ। जाँच एजेन्सीहरू यो पत्तो लगाउनमा जुटेका छन्, सीमा पारीबाट खेप पठाउने तथा पञ्जाबमा सलाई हासिल गरेर सप्लाई गर्ने मानिसहरू को हुन्। पञ्जाब पुलिसको भनाइ छ, सीमा पारीबाट हुने तस्करीमाथि कड़ा निगरानी राखिँदैछ। पुलिसले नशा र अवैध हतियारहरूको व्यापारविरूद्ध जीरो टरलेन्सको नीति अप्नाएको छ।
रिवोसाङ अनुष्ठान सम्पन्न भएपछि पर्यटनमन्त्री तथा क्षेत्रका विधायक भोटिया अन्य विशिष्ट व्यक्तिहरूसँगै युक्समको नोर्बुगाङमा आयोजना हुने भव्य पाङ ल्हाबसोल समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा