
गुवाहाटी, 28 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार शहीद तिलक डेकाको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा भने, देशमाताप्रति आगाध प्रेम गर्ने अशमका अनेकौं वीर सपूतहरूले आफ्नो जीवनको परवाह नगरी स्वतन्त्रताको लागि आफ्नो सर्वस्व न्यौछावर गरिदिए। उनीहरूको देशप्रेमका प्रेरणादायक गाथाहरूले आज पनि हामीलाई गौरवान्वित तुल्याउँछ।
मुख्यमन्त्री डा. बिस्वले भने, शहीद तिलक डेकाले भारत छोड़ आन्दोलनमा सक्रिय रूपमा भाग लिएका थिए। बरपुजियामा ब्रिटिश सैनिकहरूको गोलीकाण्डमा उनले आफ्नो प्राणको आहुति दिए। मुख्यमन्त्रीले उनको पुण्यतिथिमा उनलाई गहिरो श्रद्धाञ्जली अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा