
रायपुर, 28 अगस्त (हि.स.)। छत्तीसगढ़ कङ्ग्रेस अध्यक्ष दीपक बैजले शुक्रवार समान नागरिक संहिता अर्थात यूसीसीको कड़ा विरोध गर्दै आरोप लगाएका छन्, यो आदिवासीहरूको विरोधमा छ। यसबाट आदिवासीहरूको हित अनि अधिकारहरूको हनन हुनेछ। उनले यसलाई आदवासीहरूविरूद्ध गरिएको षड़यन्त्र बताएका छन्। उनले आरोप लगाए, भाजपा सरकारले बिजुलीलाई निजी कम्पनीहरूको हातमा बिक्री गर्न गइरहेको छ।
उल्लेखनीय छ, छत्तीसगढ़मा यूसीसीलाई लागू गर्ने प्रक्रिया द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ, तर मुख्य विपक्षी दल कङ्ग्रेसले यूसीसीको विरोध गरिरहेको छ। कङ्ग्रेसलाई यूसीसीलाई स्वीकृत छैनै। अर्कोतिर प्रदेशमा बिजुली वितरणमा निजी भागीदारीको खबरले पनि राजनीति तातिएको छ। कङ्ग्रेसले आरोप लगाएको छ, सरकारले बिजुली कम्पनीलाई निजी हातमा बेच्न गइरहेको छ।
उल्लेख्य, प्रदेशमा यूसीसीलाई लागू गर्नको लागि सरकारले एक उच्चस्तरीय कमिटी गठन गरेको छ। कमिटीले यस विषयलाई लिएर राजधानीमा समाजका प्रमुख एवं प्रबुद्धजनहरूसित महत्वपूर्ण बैठक गऱ्यो। सरकारले यो पनि स्पष्ट पारिसकेको छ कि आदिवासी वर्गलाई यूसीसीको घेरादेखि बाहिर राख्नेछ।
यसरी नै छत्तीसगढ़मा बिजुली वितरणमा निजी भागीदारीलाई लिएर दीपक बैजले भने, एक निजी कम्पनीले राजधानीमा बिजुली वितरमको लागि लाइसेन्स मागेको छ। यसबाट यो स्पष्ट भइरहेको छ, सरकारले निजी कम्पनीहरूलाई लाइसेन्स दिएर बिजुलीमा भारी असुली उपभोक्ताहरूबाट गर्नेछ। कङ्ग्रेसले यसको हरेक मोर्चामा विरोध गर्नेछ। टाटा कम्पनीले राजधानी क्षेत्रमा बिजुली वितरण गर्ने लाइसेन्सको निम्ति अनुमति मागेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा