
कोकराझार (असम), 28 अगस्त (हि.स.)। गोसाई गाउँस्थित सशस्त्र सीमा बल (एसएसबी) 31औं वाहिनीद्वारा शुक्रवार रक्षाबन्धनको पवित्र पर्व हर्षोल्लास, भाइचारा औ सामाजिक समरसताको भावना बोकेर मनाइयो। कार्यक्रम एसएसबी 31 वाहिनीका द्वितीय कमान अधिकारी जीत सिंहको निर्देशनमा आयोजना गरिएको हो।
वाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा अधिकारीगण एवं जवानहरूले उत्साहपूर्वक भाग लिए। यस अवसरमा सीमान्त चेतना मञ्च पूर्वोत्तर (एससीएमपी)- का सदस्यहरूले एसएसबीका अधिकारीहरू एवं जवानहरूको नाड़ीमा राखी बाँधेर चेली-माइतीको पवित्र सम्बन्ध, आपसी सौहार्द अनि राष्ट्रिय एकताको सन्देश दिए।
कार्यक्रममा एससीएमपीकी प्रदेश उपाध्यक्ष कृष्णा ब्रह्म, गोसाई गाउँ एससीएमपीका अध्यक्ष अलोकेश चक्रवर्ती, टीना ब्रह्म सहित 18 जना सदस्यहरू उपस्थित थिए।
राखी बाँध्ने यस अवसरमा एसएसबीका जवानहरू र एससीएमपी सदस्यहरूबीच आपसी विश्वास, भाइचारा एवं सामाजिक समरसताको भावना अझ बढ़ी मजबुत भयो। कार्यक्रमको समापनमा एसएसबीको 31औं वाहनीको पक्षबाट उपस्थित एससीएमपी सदस्यहरूलाई उपहार भेंट गरी उनीहरूप्रति आभार व्यक्त गरियो।
सम्पूर्ण कार्यक्रमको आयोजन सौहार्दपूर्ण एवं आत्मीय वातावरणमा सम्पन्न भयो भने रक्षाबन्धन पर्वले सामाजिक एकता एवं भाइचाराको सकारात्मक सन्देश दियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा