रङ्ग लगाउने कामको प्रलोभन देखाएर युवतीसित दुष्कर्म गरेको आरोप, आरोपी पक्राउ
रङ्ग लगाउने कामको प्रलोभन देखाएर युवतीसित दुष्कर्म गरेको आरोप, आरोपी पक्राउ


हुगली, 28 अगस्त (हि.स.)। हुगलीको कोन्नगरस्थित कानाइपुर क्षेत्रमा रङ्ग लगाउने कामको प्रलोभन देखाएर एकजना 28 वर्षीय युवतीसित दुष्कर्म गरेको आरोप सार्वजनिक भएको छ। पीड़िताको सिकायतको आधारमा गए बिहीवार राती पुलिसले आरोपी प्रताप सान्तरालाई पक्राउ गरेको छ।

आरोप छ, बाँसबेड़िया निवासी युवतीलाई आरोपी प्रताप सान्तराले कानाइपुरस्थित एउटा घरमा रङ्ग लगाउने काम दिलाउने नाममा बोलाएको थियो। गए बिहीवार बिहान साढ़े दश बजे घरमा कोही पनि नभएको फाइदा उठाएर आरोपीले युवतीसित बलजफ्ती दुष्कर्म गऱ्यो।

पीड़िताको आरोप छ, घटनापछि आरोपीले पैसा दिएर मामिलालाई दबाउने अनि उसलाई चुप लाग्न भनन्यो। तथापि युवतीले सम्झौता गर्न अस्वीकार गर्दै कनाइपुर पुलिस चौकीमा सिकायत दर्ता गराई। त्यसपछि उत्तरपाड़ा स्टेट जनरल अस्पतालमा उसको चिकित्सकीय परीक्षण गराइयो।

पीड़िताले बताई, त्यस दिन उ पहिलो पटक रङ्गको कामको लागि त्यहाँ गएकी थिई। घरमा दुई जना प्लम्बरले काम गरिरहेका थिए। उनीहरू गएपछि आरोपीले उसित दुष्कर्म गऱ्यो। पीड़िता मुताविक घटनापछि आरोपीले उसलाई पैसा दिएर मामिलालाई दबाउने प्रयास गऱ्यो।

पीड़िता भनी, “पैसाभन्दा ठूलो सम्मान हो। म आरोपीलाई कड़ा सजाय दिलाउन चाहन्छु।”

घटना बारे जानकारी पाएपछि पीड़िताको पति कानाइपुर आइपुग्यो अनि पत्नीलाई लिएर उत्तरपाड़ा स्टेट जनरल अस्पतालमा गयो। परिवारको आरोप छ, अस्पतालका चिकित्सकको निम्ति उनीहरूलाई लामो समयसम्म प्रतीक्षा गर्नुपऱ्यो।

पुलिस सूत्र अनुसार सिकायतको आधारमा आरोपी प्रताप सान्तरालाई पक्राउ गरिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande