
कोलकाता , 29 अगस्त (हि.स.)। लिलुआ रेलवे स्टेशनमा शनिवार एउटा लिफ्ट अचानक बन्द भएको कारणले त्यसमा सवार नौ जना यात्रीहरू फसे। घटना त्यसबेला भएको हो जतिबेला स्टेशनको प्लेटफर्म नम्बर-1 र 2 बीचअवस्थित लिफ्ट यात्रीहरूलाई लिएर तलतिर गइरहेको थियो। यसै अवधि तकनिकी खराबीको कारमले लिफ्ट बीचमै बन्द भयो।
लिफ्टमा फसेका यात्रीहरूमा दुई जना बुजुर्ग र एकजना नानी पनि सामेल थिए। घटनाको सूचना पाउनसाथ बेलुड़ जीआरपीका अधिकारीहरूले घटनास्थलमा पुगेर तत्काल राहत अनि बचाउ कार्य शुरू गरे।
रेल पुलिसकर्मीहरूले आवश्यक कारबाही गर्दै लिफ्टको ढोका खोलेर सबै नौ जना यात्रीहरूलाई सुरक्षित बाहिर निकाले। लामो समयसम्म लिफ्टमा फसेका कारणले यात्रीहरू तथा उनीहरूको परिवारमा केही समयसम्म चिन्ता व्याप्त भयो।
यद्यपि राहतको कुरा के रह्यो भने यस घटनामा कुनै पनि यात्रीलाई कुनै पनि प्रकारको चोट लागेन, सबै यात्रीहरू पूर्ण रूपले स्वस्थ रहेक बताइएको छ। घटनापछि लिफ्टको तकनिकी खराबीको जाँच तथा त्यसको रखरखाउलाई लिएर रेलवे अधिकारीहरूद्वारा आवश्यक कदम उठाइने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा