नेपालको जलप्रलयमा असमका 12 जना मानिसहरू बेपत्ता, सरकार निरन्तर नेपालको सम्पर्कमा छ
Nepal flood disaster 36 pilgrims from Bengal missing, families worried


गुवाहाटी, 29 अगस्त (हि.स.)। नेपालमा आएको भीषण बाढ़ी औ जलप्रलयबीच असमका 12 जना मानिसहरू बेपत्ता भएको जानकारी सार्वजनिक भएको छ। असम सरकार अनुसार बेपत्ता हुनेहरूमा कार्बी आङ्गलोङ्ग, गोलाघाट, होजाई, गुवाहाटी र नलबाड़ीका मानिसहरू सामेल छन्।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बताए, अहिलेसम्ममा असमका 12 जना मानिसहरू नेपालमा बेपत्ता भएको सूचना सरकारलाई प्राप्त भएको छ। तर यो सङ्ख्या बढ़्न पनि सक्छ।

मुख्यमन्त्रीले भने, असम सरकार हरेक पल नेपाल सरकाको सम्पर्कमा छ र त्यहाँको स्थितिमाथि लगातार नजर राखिरहेको छ। बेपत्ता मानिसहरूको सम्बन्धमा अधिक जनकारी जुटाउने अनि उनीहरूका परिवारहरूसम्म सूचना पुऱ्याउनको लागि सम्बन्धित स्तरमा प्रयास भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande