
बीरभूम, 29 अगस्त (हि.स.)। लगभग छ महिनादेखिको बेपत्ता भएकी छोरीको खोजीमा पिता लगातार भौंतारिरहेका छन्। पुलिसमा सिकायत, विभिन्न क्षेत्रहरूमा खोजी तथा सीआईडीको मद्दत लिइएको भएपनि अहिलेसम्म छोरीको बारेमा सुइँको समेत पाइएको छैन। छोरीलाई खोज्दा-खोज्दै थाकिसकेका पिता अर्धेन्दु सिंह अब मुख्यमन्त्रीबाट सहयोग पाउने आशामा तारापीठ आइपुगेका छन्।
अर्धेन्दु सिंह आफ्नी हराएकी छोरी अमृता सिंहको तस्वीर भएको प्ले कार्ड बोकेर तारापीठमा आइपुगे। उनलाई मुख्यमन्त्री शुभेन्दु अधिकारी तारापीठमा माँ ताराको दर्शन गर्नका लागि आइरहेको जानकारी प्राप्त भएको थियो। मुख्यमन्त्रीसित भेट गरी उनी आफ्नी छोरीलाई खोज्नको लागि सहयोग माग्न चाहन्छन्।
अर्धेन्दु सिंहले भने, “लगभग छह महिनादेखि मेरी छोरी बेपत्ता भएकी छे। उ कहाँ गई, कस्तो छे, केही थाहा छैन। पुलिसमा कैयौं पटक गयौं, तर कुनै किसिमको मद्दत पाउन सकिएन। मुख्यमन्त्रीको जनता दरबारमा जाने प्रयास गरेको थिएँ, तर पुग्न सकिनँ। घरमा पत्नी पनि बिमार छे। छोरीको खोजीमा लगातार सड़कहरूमा भौंतारिरहेको छु। मुख्यमन्त्रीलाई एउटा पत्र दिएर छोरीलाई खोज्नको लागि गुहार माग्न चाहन्छु।”
जानकारी अनुसार अर्धेन्दु सिंहकी छोरी अमृता सिंह गत 13 मार्चदेखि नै बेपत्ता भएकी छे। घटनापछि सिउड़ी थानामा लिखित सिकायत दर्ता गरिएको थियो। मामिलाको जाँचमा पुलिससँगसँगै सीआईडीको पनि सहयोग लिइयो, तर अहिलेसम्म अमृताको बारेमा केही पत्तो लागेको छैन।
अब लामो समयदेखिको छोरीको बारेमा केही पत्तो नलागेपछि अर्धेन्दु सिंहले मुख्यमन्त्रीसित भेट गरी मद्दत गर्ने आशा व्यक्त गरेका छन्। उनको भनाइ छ, सरकार अनि प्रशासनको स्तरमा यदि मामिलामा अझ प्रभावकारी प्रयास गरियो भने उनकी छोरीको बारेमा केही न केही पत्तो लाग्न सक्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा