
कोलकाता, 29 अगस्त (हि.स.)। कोलकाताको प्रेसिडेन्सी जेलमा थुनिएका कुख्यात आतङ्कवादी आफताब अहमद अन्सारीको सेलबाट आइफोन समेत तीन वटा मोबाइल फोनहरू जफत गरिएको घटनाले कोकोहोलो मचायो। खानतलासी अवधि जेल अधिकारीहरूले 31 हजार रुपियाँ नगद सहित केही इलेक्ट्रनिक उपकरणहरू पनि पाएका छन्। यस ममिलामा जेल प्रशासनको पक्षबाट हेस्टिङ्ग्स थानामा सिकायत दर्ता गरिएको छ। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिस मुताविक गुप्तचर विभागलाई सूचना प्राप्त भएको थियो कि आजीवन कारावासको सजाय भोगिरहेका आफताबले जेलभित्र मोबाइल फोन प्रयोग गरिरहेको छ। उसले इन्टरनेट पनि प्रयोग गरिरहेको थियो। सूचनाको आधारमा जेल अधिकारीहरूले हालैमा 14 नम्बर सेलमा खानतालासी गरे।
खानतलासीमा आफताबको कपड़ा र ओछ्यानको जाँच गर्दा तीन वटा मोबाइल फोन भेटियो जसमा एउटा आइफोन पनि सामेल छ। यस अतिरिक्त दुई वटा राउटर, वाई-फाई उपकरण, दुई वटा कार्ड रीडर, एउटा पेन ड्राइभ र इयरफोन पनि भेटियो। सेलमा 5 सय रुपियाँका नोटहरूको 31 हजार रुपियाँ पनि थियो।
अब पुलिस यो थाहा गर्ने प्रयासमा जुटेको छ कि आफताबसम्म यी मोबाइल र इलेक्ट्रनिक उपकरणहरू कसरी पुग्यो। जाँचको एउटा महत्वपूर्ण पाटो यो पनि छ कि जेलभित्र बस्दा उ कुन-कुन मानिसहरूको सम्पर्कमा थियो। पुलिसलाई सन्देह लागेको छ, उसले व्हाट्सएप र टेलीग्रामको माध्यमबाट बातचित गर्थ्यो। यो पनि जाँच गरिँदैछ, उसले पाकिस्तानमा कसैसित सम्पर्क गर्ने प्रया गरेको थियो।
पुलिसले यो पनि पत्तो लगाउने चेष्टा गरिरहेको छ, मोबाइल फोन, इन्टरनेट उपकरण तथा नगद जेलभित्र पुऱ्याउनमा कुनै जेलकर्मीको भूमिका त थिएन। यस दिशामा पनि जाँच गरिँदैछ।
स्मरण गराइन्छ मुख्यमन्त्रीको पद सम्हालेपछि गत 15 मईको दिन शुभेन्दु अधिकारीले प्रेसिडेन्सी सुधार गृहमा अव्यवस्थाविरूद्ध कारबाही गरेका थिए। उनले जेलमा थुनिएका बन्दीहरूसम्म मोबाइल फोन पुऱ्याउनको लागि पछिल्लो सरकारको कार्यकालमा प्राप्त सहयोगमाथि प्रश्न उठाएका थिए। त्यसपछि केही मोबाइल फोनहरू जफत गरिएको थियो। प्रेसिडेन्सी जेलका अधीक्षक र मुख्य नियन्त्रकलाई निलम्बित गरिएको थियो। मामिलाको सीआईडी जाँच गर्ने निर्देश पनि दिएका थिए। त्यसपछि पनि जेलमा थुनिएका बन्दीहरूबाट धेरै पटक स्मार्टफोन जफत गरिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा