
गुवाहाटी, 29 अगस्त (हि.स.)। असमको नगाउँ लोकसभा सीटमा हुनगइरहेको उपचुनाउमा कङ्ग्रेसको टिकटको लागि पाँच जना नेताहरूले आवेदन गरेका छन्। पार्टी सूत्रले आज यस आशयको जानकारी गराएको छ।
टिकटका दाबेदारहरूमा पूर्व विधायक शिवामणि बोरा औ दुर्लभ सुमुआका अलावा इमदाद हुसैन, मैदुल इस्लाम खान तथा रञ्जीत बर्मन सामेल छन्।
पार्टीको टिकटको लागि आवेदन जमा गर्ने समय-सीमा गए शुक्रवार समाप्त भइसकेको छ। सबै दाबेदारहरूले असम प्रदेश कङ्ग्रेस कमिटीको पक्षमा एक लाख रुपियाँ (नफर्किने) को डिमाण्ड ड्राफ्ट तथा मतदाता सूचीको प्रमाणित प्रति पार्टीका कोषाध्यक्ष समक्ष जमा गरे।
नगाउँ लोकसभा सीट पूर्व सांसद प्रद्युत बरदलैले राजीनामा दिएको कारणले रिक्त भएको छ। बरदलै गत अप्रेलमा भएको असम विधानसभा चुनाउपूर्व मार्च महिनामा भाजपामा सामेल भएका थिए।
निर्वाचन आयोगले अहिलेसम्म नगाउँ लोकसभा उपचुनाउको मिति घोषणा गरेको छै। कङ्ग्रेसले अब पाँचै जना दाबेदारहरूको दाबी र राजनीतिक समीकरणको मूल्याङ्कन गरेपछि आफ्नो उम्मेद्वारको नाममा अन्तिम मोहर लगाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा