पुँछमा ड्रोन मड़ारिरहेको देखेपछि सुरक्षा बलहरूले खोजी अभियान शुरू गरे
पुँछमा ड्रोन मड़ारिरहेको देखेपछि सुरक्षा बलहरूले खोजी अभियान शुरू गरे


मेण्ढर, 29 अगस्त (हि.स.)। जम्मू-कश्मीरको पुँछ जिल्लामा नियन्त्रण रेखा (एलओसी)- को अग्रिम क्षेत्रमा आकाशमाथि पाकिस्तानबाट आएको एउटा ड्रोन देखियो जसपश्चात सुरक्षा बलहरूले शनिवार बिहानदेखिकै क्षेत्रमा खोजी अभिायन शुरू गरे।

अधिकारीहरूले बताए, उक्त ड्रोनलाई गए शुक्रवार साँझ मेण्ढर सेक्टरको बालाकोट क्षेत्रस्थित बहरुती गाउँमा देखिएको थियो। यो सीमा नजिक मङ्गलनार-डाब्रोते तर्फ गएपछि पाकिस्तान फर्कियो। उनीहरूले बताए, एलओसीको रक्षा गरिरहेका सेनाका जवानहरूले निगरानी बढ़ाउँदै बिहानदेखिकै खोजी अभियान शुरू गरेका छन् ताकि ड्रोनले कुनै संदिग्ध सामग्री उतारेको वा लिएर गएको त थिएन।

अधिकारीहरले अझ् बताए, खोजी अभियान अहिले पनि भइरहेकै छ। सुरक्षा बल सीमामा हाई अलर्टमा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande