नमाज पढ़्न हिँड़ेका पाँच जना किशोरहरू बेपत्ता, डोमकलमा पुलिसको खोजी अभियान शुरू
नमाज पढ़्न हिँड़ेका पाँच जना किशोरहरू बेपत्ता, डोमकलमा पुलिसको खोजी अभियान शुरू


मुर्शिदाबाद, 29 अगस्त (हि.स.)। मुर्शिदाबादको डोमकल थाना क्षेत्र स्थित श्रीकृष्णपुर गाउँबाट गए शुक्रवार जुमेको नमाज पढ़्नका लागि घरबाट हिंड़ेका पाँच जना किशोरहरू बेपत्ता भएको मामिला सार्वजनिक भएको छ। अबेरसम्म पनि घर नफर्किएपछि परिवारहरूले उनीहरूलाई खोज्न शुरू गरे। किशोरहरू मस्जिदसम्म पुगेकै छैनन् भन्ने कुरा परिवारहरूले थाहा पाएपछि शुक्रवार अबेर राति नै परिवारका सदस्यहरूले डोमकल थानामा सिकायत दर्ता गराए। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

पुलिस सूत्र अनुसार, बेपत्ता पाँच जना किशोरहरूमध्ये चार जना श्रीकृष्णपुर गाउँकै निवासी हुन् भने एक जना कालीगञ्जको रहेको बताइएको छ जसले मामाको घर श्रीकृष्णपुरमा बसेर पढ़्दै आएको छ। यिनीहरूमध्ये चार जना एउटै स्कूलमा पढ़्छन्। सबैको उमेर 13-15 वर्षबीच रहेको छ। शुक्रवार यी पाँच जना साथीहरू जुमेको नमाज पढ़्ने कुरा गरेर घरबाट निक्लेका थिए।

अबेर साँझसम्म पनि घरमा नआएको कारणले परिवारका मानिसहरू चिन्तित भए। त्यसपछि वरपरका क्षेत्रहरूमा खोज्न थाले। यसबीच परिवारहरूलाई थाहा लाग्यो कि किशोरहरू नमाज पढ़्नका लागि मस्जिदमा आएकै थिएनन्। त्यसपछि राति लगभग 11-12 बजीबीच परिवारका मानिसहरूले डोमकल थानामा पुगेर पुलिसलाई घटनाको जानकारी दिए।

बेपत्ता किशोरका मामाले बताए, शुक्रवार अपरान्ह उनीहरू नमाज पढ़्न भनेर घरबाट गएका थिए। यी पाँच जना साथीहरू प्राय सँगै घुम्थे, उनीहरूलाई सदैव एकसाथ देखिन्थ्यो।

पुलिसको प्रारम्भिक जाँचमा शङ्क व्यक्त गरिएको छ, पाँचै जना किशोरहरू कामको खोजीमा कतै गए होलान्। तथापि पुलिसले अपहरण भएको आशङ्कालाई पनि पूर्ण रपमा खारेज गरेको छैन।

डोमकल थाना पुलिसले सबै सम्भावित पक्षहरूलाी ध्यानमा राखेर जाँच गरिरहेको छ। बेपत्ता किशोरहरूको खोजीमा पुलिसले विभिन्न स्थानहरूमा अभियान शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande