बोक्सीको आरोपमा महिलाको गला दबाएर हत्या गर्ने प्रयास
बोक्सीको आरोपमा महिलाको गला दबाएर हत्या गर्ने प्रयास


पश्चिमी सिंहभूम, 29 अगस्त (हि.स.)। पश्चिमी सिंहभूम जिल्लाको सारण्डा क्षेत्रमा अन्धविश्वाससित सम्बन्धित एउटा गम्भीर घटना सार्वजनिक भेको छ। छोटानागरा थाना अन्तर्गत दुइआ गाउँमा गए 28 अगस्तको राती एकजना 35 वर्षीय महिलामाथि कथित रूपमा बोक्सीको आरोप लगाएर ज्यानमारा हमला गरियो। पीड़ित महिलाले गाउँकै एकजना मानिसपछि आफूलाई पछार्दै गला दबाएको अनि ज्यान लिने प्रयास गरेको आरोप लगाएकी छे।

दुइआ गाउँ निवासी मञ्जु गोप, पति बुधराम चेरवा, गए शुक्रवार राति लगभग 8 बजी गाउँमा श्रमिकको काम सिद्ध्याएर पैदल घर फर्किरहेकी थिइन्। यसै अवधि बाटोमा राम गोप उपनाम उन्तु गोपले कथित रूपमा उसलाई रोकेर अचानक हमला गऱ्यो। पीड़ित मुताविक आरोपीले उसलाई भुइँमा पछार्दै गला दबाउने प्रयास गऱ्यो।

मञ्जु गोपले बताइन्, तिनले आरोपीको विरोध गर्दै धेरै सङ्घर्ष गरिन्। सङ्घर्ष गर्दा-गर्दै तिनी आरोपीको चङ्गुलबाट उम्किन सफल भइन् अनि त्यहाँबाट भागेर आफ्नो ज्यान बचाइन्। गला दबाएको कारणले तिनको गलामा चोट लागेको बताइएको छ। घटनापछि तिनी डराएकी छन्।

घटनापछि पीड़िताले गङ्गदा पञ्चायतका मुखिया राजू साण्डिलको घरमा पुगेर सम्पूर्ण घटनाको विवरण बताई। महिलाको आरोप छ, राम गोपले उसलाई बोक्सी ठान्छ। यसै अन्धविश्वासको कारणले उसको हत्या गर्ने प्रायस गरिएको हो। पीड़िताले शनिवार छोटानागरा थानामा आरोपी विरूद्ध लिखित सिकायत गरेकी छे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande