ममता ब्यानर्जीका दाबीहरूमाथि दिलीप घोषले गरे कटाक्ष
Dilip Ghosh


मालदा, 29 अगस्त (हि.स.)। मालदामा चियामाथि चर्चा अवधि मिडिया समक्ष बोल्दै पश्चिम बङ्गालका पञ्चायत एवं ग्रामीण विकास मन्त्री तथा भाजपा नेता दिलीप घोषले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कङ्ग्रेसका नीतिहरूमाथि चर्को प्रहार गरे।

दिलीप घोषले ममता ब्यानर्जीको अन्तरराष्ट्रिय अदालतमा जाने सम्बन्धी बयान, तृणमूल शासनकालमा कलेज एवं विश्वविद्यालयहरूमा कथित भर्ती तथा प्रवेश भ्रष्टाचार अनि ममता ब्यानर्जी पुनः सत्तामा फर्किने दाबीमाथि कटाक्ष गरे। उनले भने, ममता ब्यानर्जीले कहिल्यै पनि अदालतको फसेलालाई स्वीकार गरिनन्।

क्याथेड्रल रोडमा आयोजित तृणमूल छात्र परिषदको सभामा भएको कथित अव्यवस्थाको मुद्दामा पनि दिलीप घोषले तृणमूल कङ्ग्रेसको आलोचना गरे।

उनले कोलकाता नगरनिगम चुनाउमा एनसीपीआईको एनडीए गठबन्धनको सहयोगीको रूपमा चुनाउ लड़्ने सम्भावनाहरूमाथि प्रतिक्रिया व्यक्त गर्दै पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको प्रस्तावित जिल्ला भ्रमणको घोषणालाई लिएर पनि आफ्नो कुरा राखे।

पञ्चायत एवं ग्रामीण विकास मन्त्रीले आवास योजनालाई लिएर कड़ा कदम उठाउँदै भने, आवश्यकतामा रहेका लाभार्थीहरूलाई आवास दिलाउने नाममा जुन मानिसहरूले पैसा लिएका छन्, उनीहरूविरूद्ध कारबाही गरिनेछ।

दिलीप घोषले भने, आवास योजनाको नाममा गरीब अनि आवश्यकतामा रहेका मानिसहरूबाट पैसा असुल्नेहरूलाई कुनै पनि स्थितिमा छोड़िनेछैन। दोषीहरूविरूद्ध आवश्यक कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande